News Category 2080/11/06

विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

दैनिक समाचारदाता

विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ स्थित कृष्ण कुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय को.बर्साइनमा आइतबार बालबालिकाहरुलाई पोशाक वितरण गरिएको छ । 
    बालबालिकालाई पोशाक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले पोशाक बितरण गर्दै बालबालिकाको शिक्षाप्रति अभिभावकले पनि चासो राख्नुपर्ने आवश्यकता औंल्याउँदै अभिभावक सचेत नभए विद्यालयमा पढाएर मात्र बालबालिकाको भविष्य सुनिश्चित नहुने बताए ।
    उनले सबै बालबालिकालाई समान रुपमा पहिचान दिलाउन पोशाकको महत्वपूर्ण भूमिका समेत रहेको उल्लेख गरे ।
    वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले आफ्ना वडाभित्रका सबै विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्ने नीति अनुरुप पोशाक वितरण गरिएको बताए । उनले आफ्नो वडाको चार वटै विद्यालयमा पोशाक वितरण गरिएको जानकारी दिए । 
    कक्षा ६ सम्म सञ्चालित सो विद्यालयमा २ सय ६५ जना बालबालिका बालबालिकालाई सर्ट, पाइन्ट, जुत्ता, मौजा र स्वेटर वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
    तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष ललनप्रसाद राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य हिरालाल साह, प्रधानाध्यापक केदार पण्डितसहितकाले मन्तब्य ब्यक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट