News Category 2080/11/06

लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत

दैनिक समाचारदाता

लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा २ लौनियाका अग्निपीडित परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ । 
    शुक्रबार रातिभएको आगलागीमा चार परिवारको घर जल्दा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो । स्थानीय हरिकृष्ण मण्डल, विजय मण्डल, रामरतन मण्डल र भरत साफीको घर जल्दाकरिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको गाउँपालिकाले जनाएको छ । 
    अग्नीपीडित चारै परिवारलाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
    छोरीको विहेको तयारीमा लागेका विजयको ४ तोला सुन, आधा किलो चाँदी, करिब ३० हजार नगद, २ सय किलो चामल, करिब १४ सय किलो धान जलेको थियो । यसैगरी कुशुमलाल मण्डलबाट फिर्ता पाएको सापटी रकम डेढ लाख रुपैयाँ जलेको रामरतन मण्डलले बताए । 
    प्रति परिवार २५ किलो चामल, ५ किलो मुरही, खाने तेल २ लिटर, नुन २ किलो, एक थानकम्बल, एक थानत्रिपाल, साडी एक थान, लुंगी एक थान, झुल एक थान, बेडसिट एक थान, आधाकिलो भुजिया, बाल्टिन एक थान र मग एक थान प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. २ लौनियाँका वडा अध्यक्ष कमलकुमार मण्डल, योजना शाखा प्रमुख दिपककुमार मण्डलसहितकाले राहत सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट