News Category 2080/11/13

आइफोन र मोबाइलसहित युवक पक्राउ  

दैनिक समाचारदाता

आइफोन र मोबाइलसहित युवक पक्राउ  

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।

    भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको आइफोन र मोवाइलसहित एक युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने १९ वर्षिय उमर फारुक आलम छन् ।  सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. बेल्ही सप्तरीबाट खटिएको टोलिले जिल्लाको बलानबिहुल गाउपालिका ४ बोर्डर ईलाकास्थित भारतबाट मोटरसाइकलमा सवार आलमका साथबाट चेकजाच गर्दा आइफोन र मोवाइल बरामद गरेको हो । 
    आलमले बोकेको झोलामा चार थान विभिन्न मोडेलका आइफोन, एक थान सामसुङ मोबाइल र मोटरसाइकल सवारसहित अन्दाजी ४ लाख २० हजार मुल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । 
    बरामद सामान र त्रफाउ परेको आलमलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि आइतबार राजबिराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट