News Category 2081/01/17

एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  

दैनिक समाचारदाता

एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 

    एकल महिलाको उत्थानका लागी सप्तरीस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सशक्तीकरण अभियान चलाएको छ । 
    अभियान अन्तर्गत वडा वडामा पुगी एकल महिलालाइ संगठित बनाउने र त्यस पश्चात उनीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने प्रयास थालिएको हो । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सूरु भएको अभियान क्रमशः जिल्लाकोे १८ वटै पालिकामा पु¥याउने लक्ष्य रहेको एक महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीकी प्रमुख जुही ठाकुरले बताईन । 
    यसैक्रममा सोमवार हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर २ जोगिनियाँ र वडा नम्बर १४ रम्पुरामल्हनियाँमा एक महिला वडा समिति गठन गरिएको छ । 
    यस अघि सोही नगरपालिकाको वडा ५ र ६ मा पनि एकल महिला वडा समितिको गठन गरी आवश्यक सीपमुलक तालिम प्रदान गर्ने काम भईरहेको अध्यक्ष ठाकुरले बताईन । 
    कमाई गर्ने श्रीमान वितेपछि कस्टकर जीवन बिताईरहेका एकल महिलामा पनि विशेष गरी ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाको आवश्यक्ता पुरा गर्न समस्या भइरहेकोले यस्ता महिलाहरुलाई संगठित गरी सशक्तीकरणको क्षेत्रमा संस्थाले सीपमुलक तालिम प्रदान गर्दै जीवन सहज बनाउने प्रयास गरेको उनको भनाई छ । 
    वडास्तरबाटै संस्थाले थालेको गतिविधीले आफुलाई थोरै भएपनि राहत महशुस भएको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरामल्हनीयाकी ३० वर्षिया सावित्री देवी सदाले बताईन ।
    तीन वर्ष अघि श्रीमान गुमाएकी उनले घरमा कोही नभएपछि जीवन कस्टकर बनेको वेला केन्द्रले चलाएको अभियानमा सहभागी भएपछि आत्मबल बढेको बताइने । श्रीमानको मृत्यु पछि बेरोजगार रहेका हामी जस्ता महिलालाई आर्थिक कठिनाईले सताएको बेला संस्थाले चलाएको अभियानले हौसला प्रदान गरेको उनको भनाई छ । 
    एकल महिला सशक्तीकरणका लागी केन्द्रले वडा समिति गठन देखि तालिम, गोष्ठी, पशुपालन, खेतीपाती लगायतको क्षेत्र समेटि गतिविधी सूरु गरेको संस्थाले जनाएको छ । 

प्रतिकृया दिनुहोस