News Category 2081/01/18

श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि

दैनिक समाचारदाता

श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बैशाख १६ गते सम्पन्न जिल्ला अधिवेशनले पाँच बुँदे घोषण पत्र जारि गरेको छ । 
    श्री ठाकुरबाबा दह, लोहजारा तिरहुत गाउँपालिका ५ मा भएको जिल्ला अधिवेशनले सो पाँच बुँदे समसामायिक “श्री ठाकुर बाबा दह, लोहजारा” घोषणा पत्र जारी गरिएको हो ।
    महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि गम्भीर बन्न सरकार र नियमनकारी निकायहरुलाई अधिवेशनले आग्रह गर्नुका साथै पेशाबाट पलायन हुने अवस्थालाई रोक्न र स्वरोजगारमूलक पत्रिकालाई संरक्षण गर्न तीनै तहका सरकारससँग माग गरेको छ । 
    यस्तै सरकारले दिदैं आएको लोककल्याणकारी बिज्ञापनको दररेट वृद्धि गरी कायम गर्न माग गर्दै अधिवेशन प्रदेश सरकारको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई सक्षम र सवल बनाई पत्रकारिता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छ ।
    ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाको रुपमा रहेको तिरहुत गाउँपालिका स्थित बनसखण्डी बाबा र ठाकुर बाबा दह रहेको स्थानको सर्वाङ्गिण विकासका लागि सरोकारबाला निकायहरुसँग जोड्दार माग गर्दै प्रसिद्ध स्थलहरुसम्म पुग्न सडक निर्माण सँगै अन्य पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराइएको छ । साथै बनसखण्डी बाबा र ठाकुर बाबा दहको प्रचार–प्रसारमा आवश्यक सक्रियता देखाउन सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ । 
    घोषणा पत्रमा नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको एघारौं अधिवेशन भव्यताका साथ सम्पन्न गर्न आर्थिक, भौतिक, प्रत्यक्ष र परोक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै एघारौं अधिवेशन सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सम्पूर्ण सभासदलाई शाखा सप्तरी हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस