News Category 2081/01/28

२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 

दैनिक समाचारदाता

२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 

    मधेशको मसिहा भनेर सम्बोधन गरिने सम्मानित नाम हो, गजेन्द्र नारायण सिंह । मधेशी जनतालाई जनसंख्याको आधारमा राज्यको हरेक अंगमा सहभागिताबारे आवाज उठाउने उनी नेपाल सद्भावना परिषदलाई २०४७ सालमा नेपाल सद्भावना पार्टीको रुपमा स्थापना गरी मधेश आन्दोलनलाई अगाडी बढाएका थिए ।
    उनकै बाटो अनुसरण गर्दै मधेशमा करिब एक दर्जनको हाराहारीमा राजनीतिक दलहरु उदाए तर, उनको नामबाट कुनैपनि नयाँ संरचना निर्माण गर्ने तर्फ कसैले ध्यान दिएनन् ।
    सिंहको निधन भएको २२ वर्षपछि बल्ल सप्तरी सदरमुकाम राजविराजमा गजेन्द्रनारायण सिंहको संग्रहालय भवन निर्माण शुरु भएको छ । 
    विगतलाई हेर्ने हो भने सप्तरीमा पुरानै संरचनाहरुलाई नयाँ नमांकरण गरी गजेन्द्रनाराण सिंहको नामसँग जोडिएको हो । 
    राजविराज औद्योगिक क्षेत्र, सगरमाथा अंचल अस्पताल राजविराज र त्रिभुवन चौक जस्ता पुरानै संरचनाहरुको नाम परिवर्तन गरी गजेन्द्रनाराण सिंहको नामबाट नयाँ नामांकरण गरिएको थियो । 
    यसरी पुरानै संरचनाहरुलाई प्रणेता सिंहको नामबाट नामांकरण गर्दा स्थानियहरु सन्तुष्ट थिएनन् । उनीहरु स्व. सिंहको नाउँमा नयाँ संरचना निर्माणका लागि विभिन्न मञ्चहरुमा चर्चा गर्दै आएका थिए । गजेन्द्रबाबुको नामबाट राजविराजमा संग्राहलयको स्थापनाले उनको जिवनको हरेक अध्यायबारे नयाँ पीढीलाई अध्ययन गर्न सजिलो हुने बताउँछन् नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह । 
    यसअघि पुरानो संरचनामा स्व. सिंहको नाम जोडिने कामप्रति असन्तुष्टि जाउँदै आएका साहले राजविराजमा सिंहको नामबाट संग्रहालय निर्माण गरेर बल्ल उनलाई दिईनुपर्ने सम्मानको राज्यले निरन्तरता दिएको बताए ।

प्रतिकृया दिनुहोस