News Category 2078/08/23
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा फाईनलमा, महोत्तरीको पहिलो जित
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
राजविराजमा संचालित प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि–ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा सिरहा र महोत्तरी बिजय भएका छन । सिरहा बिजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ ।
संचालित प्रतियोगिताको बिहीबार सम्पन्न पहिलो खेलमा सिरहाले सर्लाहीलाई ८ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा महोत्तरीले सप्तरीलाई ८ बिकेटले नै पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर सर्लाहीले २० ओभरमा ८ बिकेट गुमाएर ८५ रन को योगफल खडा गरेको थियो । जसमा सर्लाहीकी आरती सिंहले अविजित ४३ रन बनाउनु बाहेक कुनै खेलाडीले दोहोरो अंक समेत पार गर्न सकेनन् । बलिङ्गतर्फ सिरहाकी अनुराधा चौधरीले ३, आरती चौधरीले २ र सरस्वती चौधरीले एक बिकेट हात पारेकी थिइन् ।
प्रतिउत्तरमा ब्याटिङ गर्न ओर्लेको सिरहाले ९ ओभरमा २ बिकेट गुमाएर सो लक्ष्य हात पा¥यो । जसमा टिमका लागि सरस्वती चौधरीले ३१ तथा आरती चौधरीले अविजित १८ रन जोडेकी थिइन् । यता बलिङतर्फ सर्लाहीका यमुना श्रेष्ठ र तुलसी बिश्वकर्माले १÷१ बिकेट हात पारेकी थिइन् । खेलको म्यान अफ दि प्लेयर सिरहाकी सरस्वती चौधरी घोषित भइन् ।
यस्तै दोस्रो खेलमा टस जितेर सप्तरीले २० ओभरमा ९ बिकेट गुमाएर ६६ रन को योगफल खडा गरेको थियो । जसमा सप्तरीकी अंजु चौधरीले ६ रन नटआउट रहे पनि अरू कुनै पनि खेलाडी ले दोहोर अंक पार गर्न सकेनन् । ४३ रन अतिरिक्त कै रूपमा जोडिएको थियो । बलिङ तर्फ महोत्तरीकी गोमा आले र रोजी खत्री २÷२ बिकेट तथा पुष्पा फुयाल, हेमा पटेल, गुडी गिरीले १÷१ बिकेट हात पारिन् ।
प्रतिउत्तरमा महोत्तरीले उक्त लक्ष्य ८ ओभर ३ बल खेल्दै २ बिकेट गुमाएर प्राप्त ग¥यो । जसमा टिमका लागि बिमला मगर अविजित रहदै २८ रन जोडेकी थिइन् । बलिङतर्फ सप्तरीकी नबिता चौधरी र मनिका चौधरीले १÷१ बिकेट हात पारिन् । खेलमा म्यान अफ दि प्लेयर महोत्तरीकी गोमा आले भइन् । उनलाई प्रदेश २ क्रिकेट संघ छनोट समितिका संयोजक मुरतुजा हवारीले कप प्रदान गरेका थिए ।
शुक्रबार लिग चरणको अन्तिम खेल अन्तर्गत पहिलो खेल सर्लाही र महोत्तरी तथा बारा र सप्तरीबिच हुने सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ