News Category 2078/09/02
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन प्रदेश २ महिला क्रिकेट टोलीको शुक्रबार राजविराजमा बिदाई गरिएको छ । सो महिला क्रिकेट टोलीको सप्तरी क्रिकेट सँघले बिदाई गरेको हो ।
सप्तरी क्रिकेट संघ अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी र सचिव चन्दनकुमार यादबले खेलाडीहरूलाई गम्छा, अबिर लगाएर बिदाई गरे ।
मंसिर २० गतेदेखि सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगितावाट ती खेलाडी छनोट गरिएको हो ।
प्रदेश २ का पाँच जिल्ला सम्मिलित छनोट प्रतियोगिताबाट सरस्वती चौधरीको कप्तानीमा रोजी खत्री उपकप्तान, अलिसा यादब विकेट किपर, अनुराधा चौधरी, संतोषी चौधरी, आरती चौधरी, प्रतिमा साह रहेकी छिन ।
यसैगरी टोलीको अन्य सदस्यहरूमा साना प्रविण, प्रिंयका गुप्ता, गोमा आले, मेलिना रायमाझी, बिमला मगर, श्रृजना चौधरी, मधु चौधरीलाई चयन गरिएको प्रदेश २ क्रिकेट संघका सचिव श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैकल्पिक खेलाडीहरूमा शिवानी साह, मोनिका साह, पुष्पा फुयाल, मिना महतोलाई छनौट गरिएको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा यही पुस ३ गते धनगढीमा प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
पुस ५ गते प्रदेश २ को पहिलो म्याच बिभागिय टोली एपिएफसँग भिड्ने तथा दोस्रो खेल गण्डकी प्रदेश सँग हुने तालिका रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ