News Category 2078/09/14
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
दैनिक समाचारदाता
राजबिराज, १४ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बुधबार महोत्तरी र धनुषा बिजयी भएका छन् ।
राजबिराजस्थित राजरंगशालाको खेल मैदानमा सम्पन्न पहिलो खेलमा महोत्तरीले सप्तरीलाई २५ रनले तथा दोस्रो खेलमा धनुषाले रौतहटलाई ७ बिकेटले पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर सप्तरीले महोत्तरीलाई ब्याटिङको लागि निम्त्यिाएपछि २५ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय ४१ रनको योगफल खडा गरेको थियो । जसमा हेरकृष्ण झा ३२, अभिशेक अधिकारी २३, अभिशेख तिवारी २४ र राहुल प्रताप सिँह २० रन जोडे ।
यस्तै बलिङतर्फ सप्तरीका महबुव आलमले ४, अजय यादबले ३ तथा रोहित सिह, अनिल यादब पप्पु यादबले समान १÷१ बिकेट लिएका थिए ।
जवाफमा सप्तरीले २३ ओभरमै सबै बिकेट गुमाई १ सय १६ रन मात्र बनाउन सक्यो । जसमा महबुव आलम ३९, बिकास दास २३, निरज यादबले १५ रन बनाएका थिए ।
यता महोत्तरीका मोहम्मद हुसेनले उत्कृष्ट बलिंग गर्दै सप्तरीका ५ जना खेलाडीलाई आउट गरेका थिए । त्यस्तै अर्का बलर राहुल प्रताप सिंहले ३ बिकेट र हरेकृष्णा झा ले २ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच मोहम्मद हुसेन घोषित भए ।
यसैगरि बुधबारै मबिव क्याम्पसको खेल मैदानमा सम्पन्न दोश्रो खेलमा टस जितेर रौतहटले २८ ओभरमा ७ बिकेट गुमाई १ रन को योगफल खडा गरेको थियो । जसमा असचल चौधरीले ५९, डब्लु मलिकले २३ र नितेश यादबले अविजित १४ रन जोडका थिए । बलिङतर्फ धनुषाका हरीशंकर साह र आकाश राय २÷२ बिकेट तथा रूपेश र विशाल सुशिलले १÷१ बिकेट लिए ।
जवाफमा धनुषाले २५ ओभरमा ३ बिकेट गुमाएर बिजय हात पा¥यो । जसमा रौनक रत्नमले उत्कृष्ट ब्याटिङ गर्दै अबिजित ६१ रन र अकबर अलीले अविजित १६ रन बनाएपछि जित सहज भएको र टिमका लागि हिमांशु दत्तले पनि २५ रन जोडे । बलिङतर्फ रौतहटका सागर पासवान २ र राजेश यादबले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच धनुषाका रौनक रत्नम घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ