News Category 2078/09/18
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा
राजविराज÷आगामी फ्रेबअरी महिनाको तेस्रो सातामा ओमानमा हुने आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको बन्द प्रशिक्षणका लागि ३० सदस्यीय राष्ट्रिय टोलीमा सप्तरीका बिवेक यादब परेका छन् ।
हालै यु १९ एसिया कप खेलेर आएका उत्कृष्ट प्रदर्शन गरेका १८ बर्षिय खेलाडी बिबेक नेपाली राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षणमा पर्न सफल भएका हुन ।
मुख्य प्रशिक्षक पुबुदु दसानायिकेको आगमनसँगै क्यानले पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन ।
टोलीमा सन्दीपसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा छन ।
त्यसबाहेक अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकरशाहलाई टोलीमा स्थान दिइएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुने क्यानले जनाएको छ ।
ग्लोबल छनोट फ्रेबअरीको १५ देखि २५ तारेखसम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी २० विश्वकपका लागि छनोट हुनेछन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ