News Category 2080/03/05
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
राजविराजमा जारि सप्तरी प्रिमियर लिगमा मंगलबार सम्पन्न खेलमा छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी भएका छन् ।
पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंग्सलाई ३६ रनले पराजित गर्यो भने दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गर्यो ।
स्थानिय पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा राजबिराज द किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाउन सफल भयो । जसमा अभिषेक कार्कीले सर्वाधिक ४१, बिक्रम सोबले २८ तथा तृत राज दासले १८ रन बनाए । टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ५८ रन बनाएको थियो ।
छिन्नमस्ताका लागि राहुल मण्डलले सर्वाधिक ५०, शुभ कंसाकारले ३२ रन बनाए भने हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए । कप्तान शरद भेसावकरले ११ रन बनाएका थिए ।
राजविराजका बलिंगमा अभिषेक कार्की, तृत राज दास र सन्तोष कार्कीले २÷२ तथा बिक्रम सोबले १ विकेट लिए । सो खेलमा प्लेयर अफ द म्याच राहुल मण्डल भए ।
यस्तै दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुलले दिएको १ सय ३८ रनको लक्ष्य १५ ओभरमा ३ विकेट क्षतीमा प्राप्त ग¥यो । कन्चनरुपका लागि अमित यादवले सर्वाधिक ६७, सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ रन तथा अविनाश कर्णले २१ रन बनाए । बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । जसमा पवन सर्राफले सर्वाधिक ५०, बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए । कन्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २÷२ विकेट लिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख १९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
- 2081/01/23 संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
- 2081/01/23 राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
- 2081/01/22 विपत् पूर्व तयारीमा हामी चुकेका हौं !
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ