News Category 2080/11/02

गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ

दैनिक समाचारदाता

गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ

दैनिक समाचारदाता
राजविराज, २ फागुन ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गाईको बाच्छो मारि खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हनुनमानगर कंकालिनी नगरपालिका वडा नं. १३ वस्ने २५ वर्षिय मो. समसाद, ३५ वर्षिय कैजुन मंसुरी र ४० वर्षिय जमुल मन्सुरी छन् । 
    स्थानीयले बाच्छो काट्न प्रयोग गरिएको घरेलु हतियारसहित तीनै जनालाई पक्राउ गरि बुधबार इलाका प्रहरी कार्यालय हनुमाननगरमा बुझाएका थिए ।  
    वडा अध्यक्ष अजय यादवका अनुसार चार दिन अघि स्थानीयवासी तेज नारायण यादव सिपलियाको गाईको बाच्छो चोरी भएको थियो । सो बारे पत्ता लगाउने क्रममा ती तिनै जनाले चोरी गरी लगेको र मारेर खाएको खुल्न आएपछि बाच्छो काटेर मार्ने क्रममा प्रयोग गरिएका घरेलु हतियार समेत नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो । 
    वडा अध्यक्ष यादवले उनीहरु यस अघि पनि गाउँघरमा पशु चौपाया चोरी गरी मार्ने, काटेर खाने तथा वेच विखन गर्ने कार्यमा संलग्न रहदै आएको बताए । सोही शंकाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइ केरकार गर्दा सिपलीयाको गाईको बाच्छो चोरी गरी लगेर मारेर खाएको स्वीकार गरेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा रहेका तिनै जनामाथी अनुसन्धान सूरु गरिएको र अनुसन्धान सकिएपछि कानुन बमोजिम कारवाही प्रकृया अघि बढाइने जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट