News Category 2080/11/05

शिवगुरु महोत्सवमा ओर्लियो जनसागर

दैनिक समाचारदाता

शिवगुरु महोत्सवमा ओर्लियो जनसागर

    राजविराज÷सप्तरीमा शनिबार आयोजित एक धार्मिक समारोहमा भारतसमेतका भक्तजनहरुको घुँइचो देखिएको छ । जिल्लाको तिरहुत गाउँपालिकामा आयोजना गरिएको बिराट शिव गुरु महोत्सवमा भक्तजनको घुँइचो देखिएको हो । 
    महोत्सवमा आध्यात्मिक ज्ञान लिन तिरहुत गाउँपालिका र आसपासका बासिन्दाका साथै भारतीय सीमावर्ती क्षेत्रका समेत हजारौंको संख्यामा सहभागि थिए । ट्रयाक्टर, टेम्पु, म्याजिक, कार, जिप र बस लगायतका सवारीसाधान चढेर महोत्सव र शिवचर्चाको धार्मिक समारोहमा २५ हजार भन्दा बढी भक्तजन सहभागि हुन आएको गाउँपालिकाका अध्यक्ष बिजयकुमार यादवले बताए । 
    मानव कल्याण तथा भगवान शिवको महिमा बारे जागरण फैलाउने उद्देश्यले शिव शिष्य परिवार सप्तरीद्वारा आयोजना गरिएको उक्त धार्मिक समारोहमा भारत राचीका शिव शिश्य श्री अभिनव आनन्द, सहरसाका सुवोध कुमार मिश्र, समस्तीपुरका अरुण कुमार सिंह् लगायतले भगवान शिवको महिमा बारे प्रवचन दिएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट