News Category 2080/11/05

आगलागीमा पाँच घर नष्ट

दैनिक समाचारदाता

आगलागीमा पाँच घर नष्ट

    राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियामा शनिबार बिहान भएको आगलागीमा पाँच घर जलेर नष्ट भएका छन ।
    स्थानिय हरि किसुन मण्डलको गाईगोठबाट सल्केको आगोले छिमेकी बिजय मण्डल, रामरतन मण्डल, भरत साफी र बिन्देश्वर साफीको एक÷एक घर जलेर नष्ट भएको हो । 
    वडा नं. २ अध्यक्ष कमल मण्डलका अनुसार आगलागिमा घरको अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचर र अन्य सामान समेत जल्दा करिब २५ लाख बराबरको क्षति भएको छ । 
    स्थानियवासीको मद्दतमा राजविराज नगरपालिकाबाट पुगेको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट