बिर्सन सकिन्न स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” लाई 2075/08/08  अवकाश–प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश”लाई बिर्सन सकिदैन । महेन्द्र विन्देश्वरी कलेज, राजबिराजमा उहाँको नियुक्ति मेरो नियुक्तिको दुई बर्ष पछि भएको थियो । शुरुमा एक वर्षसम्म स्व.जगदेव झा, म र उहाँ  एउटै घरमा संग–संगै बसेका थियौं । पछि उहाँ र स्व.जगदेव झा वषौं सम्म बेग्लै एउटै घरमा संगै बस्नु भयो । महेन्द्र विन्देश्वरी कयाम्पस (कलेज)बाट आवास उपलव्ध गराइए पश्चात् दुबै एक–अर्कासंग टाँसिएका आवासहरुमा बस्नु भयो ।     कलेजमा दुई जना “परमेश्वर” हुन गएका कारणले एकलाई अर्कोदेखि छुट्याउन उहाँलाई “सिंन्हा साहेब” र डा.परमेश्वर यादवलाई “परमेश्वर बाबु”  नामले सम्बोधित गर्नु पर्यो ।     कलेजमा नियुक्त हँुदा स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” दुई विषयमा– हिन्दी र मैथिलीमा–भारतको बिहारको पटना विश्वविद्यालयबाट एम.ए.गरिसक्नु भएको थियो । पछि उहाँले त्यसै विश्वविद्यालयबाट अँग्रेजीमा पनि एम.ए.गर्नु भयो ।.... विस्तृत
बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै 2075/08/07  पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् ।     यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए ।     यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा अधिकारीलाई समेत चुनौती थपिन गएको छ ।      प्रदेश नं २ मा बढ्दै गएको बलात्कारको घटनालाई चुनौतीको रुपमा लिएर यसलाई रोक्न सुरक्षाकर्मीलाई सम्बेदन भएर लाग्न निर्देशन दिएको प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले राससलाई भन्नुभयो, “बढ्दो बलात्कारको घटना हाम्रो लागि ठूलो चुनौती भएकाले यसलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।’’ .... विस्तृत
सामाचकेवा ः प्रेम र आत्मीयताको सन्देश 2075/08/06  ‘वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे...      हमर भैया ...(फलना) भैया , दौडि –दौडि मुझाव हे..!!’ (बृन्दावनमा आगो लाग्दा निभाउने कोही भएनन्, मेरा दाजु (दाजुको नाम जोड्दै) दौडँदै आएर त्यो आगो निभाए)      महोत्तरीसहितका मिथिलाक्षेत्रमा कात्तिक शुक्लपञ्चमीका दिन शुरु गरेर कात्तिक पूर्णिमाका दिन समापन गरिने सामाचकेवा पर्वमा मिथिलानी (मिथिलाका नारी) ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाइरहेका छन् ।      कात्तिक शुक्लपक्षका पछिल्ला ११ दिनभित्र चकमन्न रातमा आफ्नो बस्तीको चौबाटामा भेला भएर आआफ्ना दाजुभाइको बहादुरी वर्णन गीतमा गुञ्जाउँदै मनाइने यो पर्व अब समापनको सँघारमा छ । पूर्णिमा तिथिको रात्रिभोग भएका दिन ‘सामा खेल’ भनिने सामाचकेवा पर्व समापन गर्ने परम्परानुसार यसपालिको यो पर्व बिहीबार राति समापन गरिन्छ । कात्तिक पूर्णिमा शुक्रबार बिहानभरि रहने भए पनि पूर्णिमाको रात्रिभोग बिहीबारै भएकाले पर्व राति समापन हुने मिथिलानी बताउँछन् ।.... विस्तृत
ओलीको पालामा संशोधन होला ? 2075/08/05 चुनावपछि मधेश     चुनावपछि मधेशको राजनीति आशामा बसिरहेको छ । अहिलेका दुई तिहाईको सरकारले देशको हितका लागि समस्या समाधान गर्छ भन्ने आशामा बसेको छठ । तर, यति समय बितिसक्दा यो सरकारले कुनै क्रियाकलाप नदेखाउँदा प्रष्टिएको छ कि सत्ता सञ्चालकहरूको नियत ठिक छैन । त्यसैले अहिले अन्योलपूर्ण अवस्थामा परिणत हुँदै गइरहेको छ ।      मधेशकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको क्रियाकलाप अहिले फरक–फरक देखिएको छ । खासगरी, राजपाको भनाइ र अडान जुन प्रकारकोे छ कि छठपछि आन्दोलनमा जाने त्यो राम्रो कदम छ । किनभने पर्खिँदा–पर्खिँदा धेरै समय बितिसक्यो । मधेशमा राजपा मात्र एउटा राजनीतिक पार्टी छैन, त्यहाँ फोरमको पनि उपस्थिति र संगठन त्यतिकै बलियो छ ।... विस्तृत

 

ताजा अपडेट