News Category 2080/06/09
ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दाका एक आरोपीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ८ काचन राजोपट्टी निवासी मनिकलाल यादव पक्राउ परेका हुन् ।
सिरहाको धनगढीमाई नगरपालिका १ हाल लहान नगरपालिका १ वस्दै आएका सन्तोष कुमार यादवको जाहेरीले सिरहा जिल्ला अदालतको आदेशानुसार ४० वर्षिय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमवार साँझ पक्राउ गरी उनलाई मंगलवार सिरहा प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् ।
यादवमाथी जग्गा, चेक तथा सुनचाँदीका गरगहना धितो राखेर चर्काे मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋण ब्याज चुक्ता गरी सकेपनि धितो फिर्ता नगरेको आरोप छ ।
पछिल्लो पटक सिरहाका सन्तोषले उनीमाथी दिएको मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दा प्रहरी हुदै अदालत सम्म पुगेपछी यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सन्तोषले समस्या परेका बेला मनिकलाल सँग जग्गा धितो राखेर पटक÷पटक गरी ५७ लाख रुपैया ऋण सापटी लिएको जाहेरीमा उल्लेख गरेका छन् । सो वापत उनले लहान नगरपालिका १ स्थित ९ धुर जग्गामा निर्मित ४ तल्ले घर तथा सोही वडामा १२ धुर जग्गामा निर्मित अर्काे एक तल्ले घर धितो वापत मनिकलाल निर राखेका थिए । यतिमात्र होइन । आफु सँग मनिकलालले रकम उल्लेख न गरिएको ४ वटा सादा चेकमा हस्ताक्षर गर्न लगाई बुझिलिएको र त्यसपछि मात्र ऋण सापटी दिन तयार भएको संतोषले जाहेरीमा उल्लेख गरेका छन् ।
उनले कोरोनाकालमा ब्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए । पछि गएर मनिकलालले १ लाखको दैनिक १ हजारका दरले चर्काे ब्याज माग्न थालेको र आफुले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफुबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आपैmले १ करोड ४६ लाख ५ सय रुपैया भरेर बैंकमा तीन पटक चेक बाउन्स गराई फसाउन खोजेको सन्तोषले सुनाए ।
कतै कुनै उपाय नदेखेपछि आपूm न्यायका लागी स्थानीय प्रहरी प्रशासन हुदै अदालत सम्म पुगेको सन्तोषको भनाई छ । मनिकलालको चर्काे ब्याजबाट पीडित हुने अन्य ब्यक्तीहरु पनि धमाधम सार्वजनिक हुन थालेका छन् ।
मंगलवार मनिकलालको चर्काे मिटरब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप दूई जना पीडितहरु न्यायका लागी सार्वजनिक भएका छन् ।
राजविराज ७ का डा. विवेक कुमार झा र राजगढ गाउँपालिका ३ का सोमन साहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफुहरु पनि पीडित भएको भन्दै न्यायका लागी पहल गरी दिन प्रहरी, अधिकारकर्मी र संचारकर्मीसँग आग्रह गरेका छन् ।
डा. झाले मनिकलालसँग जग्गा धितो राखी पटक÷पटक गरी लिएको ७१ लाख ऋण मध्ये ३२ लाख रुपैया बुझाइसकेको तथा करिब १ करोड ५० लाख मुल्य बराबरको जग्गाको कागजात पनि उनै सँगै रहदा पनि चर्काे ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे । यति मात्र होइन । मनिकलालले एक दिन गाडीको डिक्कीमा राखिएको चेक बुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी १ करोड ९५ लाख रकम भरेर बंैंकबाट चेक बाउन्स गराई मलाई बैकिङ कसुर मुद्दामा फसाउन खोजको डा. झाको भनाई छ ।
उनले पनि मनिकलालले १ लाखको दैनिक १ हजारको दरले ब्याज जोड्ने गरेको सुनाए । चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधीविज्ञान प्रयोगशालाले समेतले परिक्षण गरी प्रमाणित गरीदिएको उनले बताए ।
उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जाहेरीमा समेत उक्त परिक्षण रिर्पोट प्रमाणका रुपमा पेश गरेका छन् । यस्तै मंगलवार नै सप्तरीको राजगढ गाउँपालिका ३ का सोमन साहले आफु पनि मनिकलालको चर्काे मिटरब्याजबाट पीडीत भएको गुनासो पोखेका छन् । उनले आफुले मनिकलाल संग पटक पटक गरी २५ लाख रुपैया ऋण सापटी लिएको सुनाए । सो वापत २ करोड १० लाखको कागजात तथा ९७ लाखको चेक धरौटी वापत मनिकलालले लिएको उनको भनाई छ ।
उनले पनि आफुसंग १ लाखको दैनिक १ हजारका दरले मनिकलालले माग्न थालेपछि समस्यामा परेको गुनासो पोखे । उनीहरुले मिटरब्याज तथा किर्ते हस्ताक्षर गरी आफुहरुलाई उठिवास गराउन खोज्ने साहुकार मनिकलालमाथी कडा कारवाहीका लागी पहल गरीदिन सबै सँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ