उम्मेदवार चयन गर्न नेतृत्व पंक्तिलाई सकस 2079/05/21     आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा अहिले उम्मेदवारहरुको नामा सिफारिस गर्ने ओइरो लागेको छ । एउटा क्षेत्रबाट दर्जन भन्दा बढी उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस भएको छ । मधेश प्रदेशका आठ वटै जिल्ला मध्ये सप्तरीमा भने जसपा अध्यक्ष उपेन्द्र यादवको चार वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नाम सिफारिस भएको छ भने लोसपा अध्यक्ष महन्थ ठाकुरको क्षेत्र नं. २ र ३ बाट लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस भएको छ । यसअघि नै जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले जिल्लाको क्षेत्र नं. २ बाटै निर्वाचन लड्ने विगुल फुकिसकेका छन् । .... विस्तृत
उम्मेदवार चयनमा  विशेष ध्यान देऊ 2079/05/19 आउँदो मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदबार बन्न आकांक्षीहरु आ–आफ्नो पक्षबाट लबिङ गर्न थालेका छन् । उनीहरु पार्टी पंक्तिका विभिन्न व्यक्तिहरुबाट लबिङ सुरु गरेका हुन् । हुनत उम्मेदवारका आकांक्षीहरु अहिले आफूखुशी विभिन्न सामाजिक संजालमार्फत उम्मेदवार घोषणा गर्न तछाडमछाड गरेको पाइन्छ । पार्टीको निर्णय वा सिफारिस बिनानै उनीहरु अहिले सामाजिक संजालमार्फत तस्बिरसहितको पोष्टर पोष्ट गर्न अग्रपंक्तिमा देखिन्छन् । यस्ता गतिविधि गर्नेहरुमा एउटा दलको मात्र नभएर सम्पूर्ण दलका उम्मेदवारका आकांक्षी अग्रपंक्तिमा रहेका छन् । ... विस्तृत
छिटोछरितो एव्र सरल तरिकाले सेवा दिन तत्परता देखाउनु जरुरी 2079/02/18 मुलुकमा संघीयता आएपछि दोश्रो स्थानिय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएपछि सबै स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यभार समेत सम्हालिसकेका छन् । कार्यभार सम्हालेपछि अधिकांश जनप्रतिनिधिले विकासको मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । उनीहरुले सहर, गाउँ तथा वडाको सरसफाईलाई पनि प्राथमिकतामा राख्दै जनतालाई सरसफाईप्रति सहजता प्रदान गर्न महत्वकाक्षी योजना अघि सारेका हुन् । पुरानो जनप्रतिनिधिहरुले अधुरा गरेका कामहरुलाई पनि पुरा गर्ने उनीहरुले जनता समक्ष वाचा गरेका छन् । ..... विस्तृत
व्यापारीहरुको अपेक्षालाई परिणाममूखी बनाउनु नयाँ कार्यसमितिको दायित्व  2078/08/05  उद्योग बाणिज्य संघ सप्तरीले नयाँ नेतृत्व पाएको छ । त्यो पनि पूर्ण बहुमतका साथ । १४ सदस्यीय कार्यसमितिमध्ये १२ पदाधिकारी एउटै समूहका निर्वाचित भएका छन् । निवर्तमान कार्यसमितिले आफ्नो तीन वर्षको कार्यकाललाई लम्ब्याएर सात वर्ष पु¥याएको थियो । सात वर्षे अवधीको समितिमा रहेका उपाध्यक्ष शंकर दासले आफ्नै नेतृत्वमा निर्वाचन लडे । तर उनी पराजित हुन पुगे । पुराना उद्योगि लालु प्रसाद अग्रवालले अत्याधिक मतबाट निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिमा पूर्ण बहुमत रहेको छ । सो कार्यसमितिमा अधिकांश यूवा उद्योगि व्यापारीहरु नै रहेका छन् ।  .... विस्तृत

 

ताजा अपडेट