News Category 2080/03/15
पत्रकारिताको नाममा ब्ल्याकमेलिङ रोक्नु आवश्यक
अहिले पत्रकार र पत्रकारिताको आडमा विभिन्न संघसंस्थाहरुलाई ब्ल्याकमेलिङ गर्ने काम बढीरहेको छ । पत्रकार समाजलाई सही बाटोमा देखाउने एउटा ऐनाको रुपमा चिनिन्छ । तर, अहिले पत्रकारको नाममा गलत तत्वहरुले समाजलाई नै दुषित गर्ने कार्यमा लागिपरेका छन् । पत्रकारिता गर्न प्रसस्त मार्गहरु छन् । विभिन्न विषयहरु छन् तर केही झोले पत्रकारहरुले यसलाई बार्गेनिङ, ब्ल्याकमेलिङ र हतियारको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । यस्ता काममा सबैभन्दा अग्रपंक्तिमा छन् यूटुबर मिडिया । जसलाई नेपालको सूचना विभाग, प्रेस काउन्सील समेतले मान्यता दिएको छैन् ।
तर, पनि ती यूटुबरहरुका कारण अहिले सिंगो पत्रकारिता क्षेत्र नै बदनाम भइरहेको छ । त्यति मात्र होइन् । यस्ता यूटुबरहरुले सामाजिक संजालमार्फत झुठो, तत्यहीन समाचार लाइभ गरेर ब्यक्ति तथा संघसंस्थालाई सुनियोजित ढंगले बदनाम गर्ने प्रयास समेत गर्ने गरेका छन् । उनीहरुको संजालको अगाडी प्रशासन पनि मुकदर्शक बनेका छन् । ती यूटुबरहरुलाई सचेत गराउनुको साटो प्रशासनले उल्टै प्रश्रय गरेको गुनासो बेला बेलामा सुनिन थालिएको छ । व्यापारीहरुलाई बार्गेनिङ गरेर मोटो रकम तिर्न बाध्य पार्दै आइरहेका छन् यस्ता यूटुबरहरु । केही यूटुबरहरुको ढालका रुपमा सुरक्षा निकाय पनि देखिएको गुनासाहरु बाहिरिएका छन् । विभिन्न बहानामा विभिन्न उद्योग तथा कम्पनीहरुबाट उत्पादन हुने सामानहरुको नकारात्मक रुपले टिकाटिप्पणी गरेर ठूलो रकम हड्प्ने प्रयास समेत भइरहेको देखिएको छ । तर, स्थानिय प्रशासन उनीहरुको सामु निरिह समेत भएका छन् । आफूलाई पत्रकार भन्न रुचाउने त्यस्ता यूटुबरहरुको करतुतप्रति सम्बन्धीत निकायले कारवाही गर्नेतर्फ अग्रसरता नहुनुले शंका उठ्नु स्वभाविकै हो ।
यस्ता प्रकरण बाहेक अहिले असार मसान्तमा विभिन्न पालिकाहरुमा पत्रिकाको नाममा आफुखुशी बिल पेश गर्ने होडबाजी पनि चलेको छ । बजारमै नदेखिने पत्रिकाले लाखौं रकमको बिल पेस गरेर भुक्तानी माग्नु अर्को दुर्भाग्यपूर्ण अवस्था छ । यसले पत्रकारिता गरिरहेका पत्रकार र बजारमा नियमित रुपमा प्रकाशन भइरहेका पत्रपत्रिकाको हकमा अन्याय भइरहेको गुनासा पनि सुनिन थालिएको छ । तसर्थ यस्ता बिकृतीहरुलाई निर्मुल पार्न नेपाल पत्रकार महासंघ, प्रेस काउन्सील नेपाल, सूचना विभाग लगायतका निकायले समयमै आवश्यक कदम उठाउनु जरुरी रहेको छ । अन्यथा यस्ता यूटुबरहरुका कारण बास्तबिक रुपमा पत्रकारिता गरिरहेका पत्रकार, पत्रिका र समाजलाई नै क्षति पु¥याउने कुरामा कसैको दुई मत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ