News Category 2082/12/30
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रशासकीय भवन सार्ने बिषयमा जनप्रतिनिधिहरुबीचमै विवाद चुलिएको छ ।
नगरपालिकाको चैत २७ गते सम्पन्न १६ औं नगरपरिषद्ले बहुमतबाट हाल वडा नं. १२ मा रहेको कार्यालयको प्रशासकीय भवनलाई वडा नं. ५ मा पशु अस्पताल प्रयोजनका लागि बनाइएको नवनिर्मित भवनमा सार्ने निर्णय गरेपछि विवाद चलिएको हो ।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका एकपक्षले साविककै स्थान र भवनमा वा नयाँ भवन निर्माण गरी कार्यालय सारिनु पर्ने माग गर्दै आन्दोलन थालेका छन् ।
यसैक्रममा सोमबार पालिकाका वडा नम्बर २, ९, १०, १२ र १३ का वडाध्यक्ष क्रमशः सन्तोष कुमार यादव, हरिशचन्द्र वर्मा, रामलखन मण्डल, श्रीचन्द्र मुखिया, कुशेश्वर यादव तथा स्थानियवासीले कार्यालय अगाडी धर्ना दिनुका साथै नगरक्षेत्रमा विरोध प्रदर्शन गर्दै बजार समेत बन्द गराए ।
उनीहरुले नगरपालिका कार्यालयको प्रशासनिक कोठामा तालाबन्दी गरे । जसकारण कार्यालयको दैनिकी कामकाज प्रभावित बनेको थियो । तालाबन्दी गरिएको केही घण्टामै प्रहरीले उक्त ताला तोडेको नगर प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
कुल १४ वटा वडा रहेको पालिकामा ५ जना वडाध्यक्षको सहमति बगैर बहुमतको आडमा मनोमानी र गोप्य ढंगले गरिएको निर्णय आफुहरुलाई कुनै पनि हालतमा स्विकार्य नभएको असंतुष्ट वडाध्यक्षहरुको अडान छ ।
वडाध्यक्ष हरिशचन्द्र वर्माले थोरै कार्यकाल बाँकी रहेका नगरप्रमुख बिरेन्द्र माझीले हतार हतारमा आफ्नो अनुकुल निर्णय गर्न थालेको आरोप लगाए ।
यता नगरप्रमुख विरेन्द्र माझीले बहुमत सदस्यको चाहना, सहज रुपमा सेवा प्रवाह तथा खर्च कटौती गर्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको बताएका छन् । उनले कार्यालयको आफ्नो नयाँ भवन निर्माण नभए सम्मका लागि प्रस्तावित पशु अस्पतालको नवनिर्मित भवन प्रयोग गर्ने निर्णय गरेका जनाए ।
उनले हाल पालिकाको ३ वटा वडा कार्यालय र एउटा स्वास्थ्य चौकी भाडाको कोठामा सञ्चालनमा रहेको भन्दै ती कार्यालयहरुलाई हाल प्रयोगमा रहेको पालिकाको कार्यालयमै ल्याइ खर्च घटाउने योजना रहेको समेत सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ