News Category 2083/02/18

नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी

दैनिक समाचारदाता

नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 

    विगत ९ दिनदेखी राजविराज नगरपालिका कार्यालभित्र रिले अनशनमा बसेका नगरवासीले सोमबार नगरमा प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । 
    राजविराजको मुख्य बजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखीपाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि खोसिदा नगरवासी समस्यामा परेका छन् ।
    झण्डै ७ दशकदेखी लालपूर्जाबिहीन राजविराज नगरवासी लालपूर्जा माग्दै रिले अनशन पश्चात् पनि माग सुनुवाई नभएको भन्दै बाध्य भई तालाबन्दी गर्नु परेको बताएका छन् । 
    यअसघि सरोकारवाला निकायलाई बुझाइएको सात दिने अल्टिमेटम उपर सरोकारवाला निकायद्वारा कुनै सुनुवाई नभएपछी बाध्य भई तालाबन्दीमा उत्रनु परेको नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए ।
    सोमबार नै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको उपस्थितिमा उनकै कार्यालयमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, नापी कार्यालयका प्रमुख शत्रुधन यादव, भूमि व्यवस्था तथा मालपोत कार्यालयका निमित्त प्रमुख अजय झा, डिभिजन वन कार्यालयका प्रमुख पंकज कुमार मिश्र तथा आन्दोलन परिचालन समितिका पदाधिकारीसहित बसेको बैठकमा आफूहरुको माग सम्बोधन हुने विषयमा सरोकारवालाहरु गम्भिर नदेखिएकोले बैठक बहिष्कार गरि नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको संयोजक दासको भनाई छ । 
    बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदै बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो । बि.स. १९९९ सालमै ६० विगहामा यो बजार बसाइएको हो भने ८ विगहामा कर्मचारीको नाममा प्लट स्वर्ण टोल (लंका टोल) मा बितरण गरिएको थियो । 
    बि.स. २०२८ सालमा राजविराज नगरपालिका क्षेत्रको नापी हुँदा उक्त जग्गाहरू गाउँब्लकमा रहेको भनि नापीको फिल्ड बुकमा स्पष्ट उल्लेख भएको छ । यस्तै २०१६ सालदेखि २०७५ साल सम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको, राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिश गरिसकेको भएपनि हालसम्म नगरवासी लालपूर्जा पाउनबाट बञ्चित छन् । 
नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका 

    भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित राजविराज सहर (तत्कालिन राजविराज बजार) को टाउन प्लानिङ बि.स. १९९९ सालमा तत्कालिन वडा हाकिम प्रकाश शम्शेरले गराएका थिए ।
    बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदै बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो । 
    बि.स. १९९९ सालमै ६० विगहामा यो बजार बसाइएको हो । त्यस्तै १० विगहामा तत्कालिन कचहरी लाइन (हाल अदालत रोड) मा सरकारी कार्यालयहरु स्थापना गरिएको हो । 
    बि.स. २०१५ सालको प्रजातन्त्रिक आम निर्वाचन पश्चात् २०१६ सालमा पहिलो पटक राजविराज बजारको नाम परिवर्तन गरि राजविराज नगरपालिका (ःगलष्अष्उबष्तिथ) राखियो । यस नगरपालिकको पहिलो चेयर म्यान यमुनानन्द मिश्र थिए । 
    ७८ विगहामा फैलिएको यो सहरको बजार, बस पार्क, टेम्पु स्टेण्ड, माइक्रो स्टेण्ड, हाट बजार लगायत अहिले अव्यवस्थित हुदै जाँदा इतिहास बोकेको यस नगरपालिकाप्रति सम्बन्धीत निकायले कुनै चासो समेत देखाउन सकेको छैन । 
    यस अघि बि.स. २०१५ सालमा राजविराज ४ स्थित पूर्वमेयर गोबिन्द सिंहको घरदेखी बैष्णवकाली मन्दिरसम्मको जग्गा बैलगाडा (कार्ट स्टेण्ड) को रुपमा प्रयोग भइरहदा सरकारी उदासिनताका कारण नीजि स्वार्थका लागि घरहरु निर्माण गरिएको वरिष्ठ पत्रकार अनिल कुमार अनल बताउछन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट