News Category 2083/02/18

बारा १० विकेटले बिजयी

दैनिक समाचारदाता

बारा १० विकेटले बिजयी

दैनिक समाचारदाता
राजबिराज, १८ जेठ । 

    राजबिराजमा संचालित मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न खेलमा बारा जिल्लाले १० विकेटको जित हासिल गरेको छ ।
    स्थानीय पविमावि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा राष्ट्रिय खेलाडी अलिसा यादव र प्रतिमा साहको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा बाराले रौतहटमाथि शानदार प्रदर्शन गर्दै सो जित हासिल गरेको हो । 
    ब्याटिङमा उत्रिएको रौतहट निर्धारित २० ओभरको खेलमा १६ ओभर ५ बलमै सबै विकेट गुमाउँदै १ सय ९ रन मात्र खडा गर्न सफल भएको हो । रौतहटका लागि चान्दनी खातुनले सर्वाधिक २६ रन बनाइन् भने भुमी सिंहले १३ रनको योगदान दिइन् । यस्तै प्रतीक्षा सिंह र मोनिका साहले समान १२–१२ रन जोडेकी थिइन । 
    बलिङतर्फ बाराकी मञ्जु खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारिन् । प्रियंका यादवले २ विकेट लिँदा प्रतिमा साह, आरुषी गुप्ता, निर्मला कुशवाहा र बिनिसा लामिछानेले समान १–१ विकेट लिएका थिए ।
    एक सय १० रनको लक्ष्यलाई बाराले १४ ओभर ४ बलमै कुनै विकेट नगुमाई खेल आफ्नो पक्षमा पारेको थियो । प्रतिमा साहले अर्धशतकीय इनिङ खेल्दै अविजित ५१ रन बनाइन् भने अलिसा यादवले ४५ रनको महत्वपूर्ण योगदान दिइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी बाराकी प्रतिमा साह प्लेयर अफ दि म्याच घोषित भइन् । 
    उनलाई सप्तरी क्रिकेट संघका सदस्य धर्मेन्द्र चौधरीले नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट