News Category 2083/02/14
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
नवीनकुमार गुप्ता
राजविराज, १४ जेठ ।
सप्तरीको विभिन्न ग्रामिण भेगका किसानहरु सनपात खेतीलाई नगदे बालीको रुपमा ग्रहण गर्ने गरेका छन् । यो खेतीका लागि प्रारम्भिक अवस्थामा चिस्यान आवश्यक हुने भएकोले जिल्लाको कोशी नदी तटबन्ध किनारका उक्त खेती बढी हुने गरेको छ । जिल्लाको पूर्वी तथा दक्षिणी भेगका किसानहरु नगदे बालीको रुपमा सनपात खेती गर्दै आए पनि अहिले सो खेती संकटमा परेको छ ।
थोरै लगानी गरेर बढी आम्दानी हुने यस खेतीका लागि चैतदेखि जेठ महिनासम्म बीउ छर्न सकिन्छ । वर्षा सुरु हुनुअघि रोपाइँ गर्दा राम्रो उत्पादन हुन्छ । सनपातबाट बोरा, डोरी, चटाई, कपडा, कागज लगायतका सामग्री बनाउन प्रयोग गरिन्छ । तर अहिले बोरा, डोरी, चटाईको स्थानमा प्लाष्टिकका सामाग्रिले अहिले बजार लिइरहेको अवस्था छ । यता सनपातबाट उत्पादन हुने कपडा र कागजको पनि विकल्प आइसकेकोले सनपात खेती ओझेलमा पर्न गएको हो । त्यति मात्र नभएर त्यसको भण्डारण गर्ने समस्या पनि उत्तिकै छ ।
यो पूर्णरुपमा तयार भइसकेपछी यसलाई काटेर केही दिन पानीमा राख्नु पर्छ । पानीबाट बाहिर निकालेर एक÷एक गरि त्यसबाट रेसा निकालिन्छ । त्यसपछी निकालिएको रेसालाई घाममा सुकाइन्छ । जसलाई स्थानीय भाषमा “पटुवा” भनिन्छ । रेसा निकालिसकेपछी बाँकी रहेको पदार्थलाई “सन्ठी” भनिन्छ । सन्ठीलाई गोबरमा हालेर दाउरा (गोईठा) बनाइन्छ । जसलाई खान पकाउने कार्यमा प्रयोग गरिन्छ । “सन्ठी” चाडै बल्ने गरेकोले यसलाई आगो बाल्न तराईमा बिशेष प्रयोग गरिन्छ ।
अर्को शब्दमा भन्ने हो भने यसको प्रयोग धार्मिक प्रायोजनका लागि पनि गरिन्छ । तिहारमा मिथिलावासीले “हुक्कापाती” बनाएर पुजा गर्ने गरिन्छ । तिहार अन्तरगत लक्ष्मी पुजाको दिन मिथिलावासीले आफ्नो कुल देवतालाई “हुक्कापाती” बनाएर पुजा गर्ने गर्दछन् भने पुजा पश्चात् त्यही “हुक्कापाती” हातमा लिएर एक अर्कासँग रमाइलो गरि खेल्ने गर्छन् । सन्ठी बिशुद्ध पानीबाट उब्जिएकोले यसको प्रयोग धार्मिक प्रयोजनका लागि शुद्ध मानिएकोले यसको प्रयोग पुजामा गरिन्छ ।
जिल्लाको देउरी भरुवा, बभनगामाकट्टी, को.मधेपुरा, इनर्वा, हनुमाननगर, योेगिनिया, भारदह, पोर्ताहा, रम्पुरा मल्हनिया, लौनिया, तिलाठी, सकरपुरा, कोचाबखारी, बरही बिरपुरका किसानहरुले सनपात खेति गर्ने गरेको देखिन्छ । जसबाट वर्षेनी राम्रो आम्दानी गर्ने गर्थे ।
स्थानीय बुद्धिजिवि एवं सप्तरीका वरिष्ठ पत्रकार अनिल कुमार अनल भन्छन्, “विगतमा एक मन सनपात बिक्रि गर्दा किसानले एक भरि सुन किनेर लाने गर्थे, तर अहिलेको परिवेशमा यो किवदन्ति नै भइसकेको छ ।”
सनपात खेतबाट काटिसकेपछी यसको हेरचारका लागि कामदारहरुको बढी प्रयोग हुनेगर्छ । अहिले सनपातका लागि पर्याप्त बजार छैन् । यता सनपात भण्डारण गर्ने अवस्था पनि छैन् । यो मौसमी खेती भएको हुँदा त्यसका लागि भण्डारण आवश्यक पर्छ । कतिपयले घरमै भण्डारण गरेर राखेका हुन्छन् । त्यस्तो अवस्थामा अधिकांश सनपात ढुसी लागेर बिग्रने अवस्थामा पुग्छ । नेपालकै पहिलो जुट मिल जुन बिराटनगरमा थियो, अहिले उक्त मिल पनि बन्द अवस्था छ । उक्त मिलमा मोरङ, सुनसरी र सप्तरीका किसानहरुले “पटुवा” बिक्रि गर्ने गर्थे ।
यस्ता नगदे बालीलाई उकास्न तीनै तहका सरकारको ध्यान जानु आवश्यक छ । कम्तिमा स्थानीय सरकारले कृषकहरुलाई आवश्यक सुझाव, सल्लाह, परामर्श दिएर सनपात खेती गर्ने तर्फ प्रोत्साहित गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ