News Category 2079/05/21
उम्मेदवार चयन गर्न नेतृत्व पंक्तिलाई सकस
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा अहिले उम्मेदवारहरुको नामा सिफारिस गर्ने ओइरो लागेको छ । एउटा क्षेत्रबाट दर्जन भन्दा बढी उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस भएको छ । मधेश प्रदेशका आठ वटै जिल्ला मध्ये सप्तरीमा भने जसपा अध्यक्ष उपेन्द्र यादवको चार वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नाम सिफारिस भएको छ भने लोसपा अध्यक्ष महन्थ ठाकुरको क्षेत्र नं. २ र ३ बाट लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस भएको छ । यसअघि नै जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले जिल्लाको क्षेत्र नं. २ बाटै निर्वाचन लड्ने विगुल फुकिसकेका छन् ।
यसरी मधेश केन्द्रित दलहरुको राष्ट्रिय अध्यक्षको नाम सप्तरी क्षेत्र नं. २ बाटै सिफारिस हुन थालेपछि यसपटकको निर्वाचन अघि नै रोचक दृश्य देखिएको छ । हुन त अध्यक्षहरुको नाम जिल्लाका नेताहरुले देखाउन भएपनि सिफारिस गरेर पठाउँदै छन् । यो एउटा राजनीतिक दाउपेच हो । यता जिल्लामा प्रतिनिधिसभाको मात्र नभएर प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नेहरुको पनि एक दजर्न भन्दा बढीको नाम सिफारिस भएको छ । मधेश केन्द्रित दलहरुमा अहिले उम्मेदवार बन्नेहरुको ओइरो नै लागेको छ । यसरी उम्मेदवारहरुको सिफारिस गरिएको नाममा स्थानिय पालिकाको अध्यक्ष पदमा पराजित भएकाहरुको अधिक छ । हुन गइरहेको निर्वाचनमा उम्मेदवारको आकांक्षी अत्याधिक देखिएकोले पार्टी नेतृत्व पंक्तिलाई पनि चयन गर्न सकस भइरहेको छ ।
आउँदो निर्वाचनमा योग्य उम्मेदवारको नाम पार्टी नेतृत्व पंक्तिले गम्भिर भएर टुङ्गयाउन पर्ने हुन्छ । कुनै चलखेलमा नलागि इमान्दार नेता कार्यकर्ताको पक्षमा पार्टीले इन्साफ गर्न चुक्नु हुदैन् । तसर्थ पाँच वर्षमा एक पटक जनताबाट निर्वाचित हुने प्रावधान रहेको निर्वाचनमा योग्य उम्मेदवारहरुको पक्षबाट पार्टीले पनि इमान्दारिता देखाउनु उत्तिकै जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ