News Category 2083/01/09
भन्सार नीति बिरुद्ध धर्ना
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
भन्सार नीति बिरुद्ध सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालय नजिकै एक राजनीतिक दलको अगुवाईमा बुधबार विरोध प्रदर्शनसहित धर्ना दिइएको छ ।
जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा. सरदसिंह यादवको अगुवाईमा सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा भारतीय सिमा नजिक उक्त धर्ना दिइएको हो ।
सीमा क्षेत्रमा प्रदर्शन पश्चात दिउँसो १ बजे देखि २ बजेसम्म एक घण्टे सांकेतिक धर्ना कार्यक्रममा सो पार्टीका नेता कार्यकर्ता संगै स्थानियवासीको समेत सहभागिता रहेको थियो ।
उनीहरुले एकसय भन्दा बढीको सामान ल्याउँदा लाग्ने भन्सार शुल्कको व्यवस्था खारेज गर्नुपर्ने, भारतबाट मलखाध ल्याउन किसानलाई अनुमति कार्डको व्यवस्था गरिनुपर्ने, विपन्न परिवारलाई घर परिवार चलाउन आवश्यक पर्ने सामान ल्याउन अनुमति कार्ड अनुमति कार्ड उपलब्ध गराउनुपर्ने तथा नेपाल–भारतको सदियौं देखि रहि आएको सम्बन्धलाई सम्मान गरिनुपर्ने लगायतका चार बुदे माग अघि सारेका छन् ।
धर्नामामा बसेका तिलाठी कोइलाडी गाउँपालिका १ निवासी देवनारायण यादवले सरकारको भन्सार सम्बन्धि नयाँ नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग गरे ।
सोही वडा निवासी विजय यादवले सरकारले राजस्व वृद्धिका लागि ल्याएको नयाँ भन्सार नीति राम्रै भएपनि विपन्न परिवारका व्यक्तिलाई भने मारमा पार्ने खालको बताए । उनले भारत जस्तै नेपालमा पनि उपभोग्य सामाग्री सस्तो दरमा पाउने वातावरण मिलाउन सके भारतीय बाजार तर्फ किनमेलका लागि जाने नेपालीहरु आफ्नै गाउँठाउँका पसलमा खरिदका लागि आकर्षित हुने तर्क दिए ।
नयाँ भन्सार नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै स्थानियले यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ