News Category 2083/02/22

नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस 

दैनिक समाचारदाता

नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस 

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    नेपाली कम्युनिष्ट पार्टीले सप्तरीका १० जना जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । 
    सप्तरी जिल्ला अन्तरगतका पार्टी केन्द्रीय कमिटी सदस्यहरुको राजविराजमा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवार बिरुद्ध लागेका छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादवसहित पार्टीबाट निर्वाचित १० जनप्रतनिधीलाई पदमुक्त गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
    बैठकले पार्टी र पार्टी उम्मेदवार बिरुद्ध लागेका छिन्नमस्ता गाउपालिका वडा नम्बर १ र ६ का वडाअध्यक्ष ललन यादव र कपलेश्वर साह, राजविराज नगरपालिका  ७, ८ र १० का वडाअध्यक्ष क्रमशः सुभाष यादव, जयनारायण मण्डल र गंगाराम खंग, विष्णुपुर गाउपालिका १ का वडाध्यक्ष बलराम यादव, रुपनी गाउपालिका २ का वडाध्यक्ष सरोज यादव, तिलाठी कोइलाडि गाउपालिका ४ का वडाअध्यक्ष मुनिलाल मुखिया र सुरुङ्गा नगरपालिका १ का वडाअध्यक्ष छत्रबहादुर राउतलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।
    प्रतिनिधिसभा निर्वाचनमा पार्टीका चुनाव चिन्हबाट निर्वाचित स्थानीय जनप्रतिनिधीहरु पार्टी र पार्टी उम्मेदवार बिरुद्ध लागेको पुष्टि भएकाले उनीहरुलाई कानुन अनुसार पद मुक्त गर्न निर्वाचन आयोगमा कारवाही प्रकृया अगाडी बढाउन केन्द्रलाई सिफरिस गरेको केन्द्रीय सदस्य गोविन्द न्यौपानेले बताए ।
    पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सह–इन्चार्ज विश्वनाथ साह एवं सहसंयोजक सुधिर साहको उपस्थितिमा बसेको बैठकले जिल्लाका १८ पालिकामा असार १० गते भित्र संगठनात्मक समायोजन प्रकृया टुङग्याउने गरी एक पालिका एक केन्द्रिय सदस्यको अवधारणमा केन्द्रीय सदस्यको जिम्मेवारी वाडफाड गरेको केन्द्रीय सदस्य सुर्यनाथ यादवले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट