News Category 2083/02/22

विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै

दैनिक समाचारदाता

विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै

दैनिक समाचारदाता
राजविराज, २२ जेठ । 

    सप्तरीमा अन्तर विद्यालय टी–२० छनोट क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।
    नेपाल क्रिकेट संघको आयोजनामा संचालन हुने विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशस्तरीय विद्यालय टोली छनोट गर्ने उद्देश्य रहेको छ । 
    सप्तरी क्रिकेट संघको समन्वय तथा सवल नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयहरूको सहभागिता रहने आयोजकले जनाएको छ । 
    सप्तरी क्रिकेट संघका सदस्य रोशन मण्डलका अनुसार प्रतियोगिताले विद्यालयस्तरका प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै जिल्लाको क्रिकेट विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
    आयोजक संस्था सवल नेपालका कार्यक्रम संयोजक नवनित जयशवालले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै प्रतियोगितालाई व्यवस्थित, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी सम्पन्न भएको बताए ।
    शनिबारदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै शुक्रबार राजविराजस्थित पविमावि क्रिकेट मैदानमा विद्यालय प्रतिनिधि तथा टिम कप्तानहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छलफलका क्रममा प्रतियोगितामा पालना गर्नुपर्ने शर्त, खेल सञ्चालन प्रक्रिया, नीति–नियम तथा अनुशासन सम्बन्धी विषयमा आवश्यक निर्णय गरिएको कार्यक्रम संयोजक जयशवालले बताए ।
    प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरी आगामी जेठ २७ गतेदेखि संचालन हुने मधेश प्रदेशस्तरीय विद्यालय छनोट प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । 
    त्यस्तै, असार १ गतेदेखि काठमाडौंमा संचालन हुने राष्ट्रिय विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली निर्माण गर्ने लक्ष्य राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट