News Category 2083/02/22
जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ मन्सापुरको मर्राही टोल र सरदार टोलस्थित जिता नदीमा जैविक तटबन्ध निर्माण कार्य शुरु गरिएको छ ।
गाउँपालिकामा संचालित पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रमको सहयोगमा उक्त तटबन्ध निर्माण कार्य संचालन गरिएको हो ।
विश्व वातावरण दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल र विपद सम्पर्क ब्यक्ति राजेश कुमार झाले बाँस पाइलिङ गरि जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरे ।
मर्सि कोप्र्स नेपाल र कोका कोला फाउन्डेशनको सहयोगमा आसमान नेपालद्वारा तिलाठी कोईलाडी गाउँपालिकाको सहकार्यमा सो तटबन्ध निर्माण कार्य संचालन गरिएको हो ।
तटबन्ध निर्माण कार्यको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जैविक तटबन्ध निर्माणले नदीबाट बर्सेनी हुने गरेको कटान नियन्त्रण हुने बताए ।
गाउँपालिका वडा नं. ७ मन्सापुरको मर्राही टोलस्थित जिता नदिमा एक सय एक मिटर र सरदार टोलमा एक सय ६३ मिटर गरि कूल २ सय ६४ मिटर जैविक तटबन्ध निर्माण गरिने गाउँपालिकाका विपद सम्पर्क ब्यक्ति राजेशकुमार झाले जानकारी दिए ।
उक्त बाँध निर्माणमा आसमान नेपालबाट १३ लाख र गाउँपालिकाबाट ४ लाख ८३ हजार २ सय ४८ रुपैयाँ कूल १७ लाख ८३ हजार २ सय ४८ रुपैयाँको लागत साझेदारीमा निर्माण कार्य सञ्चालन गरिएको झाले जनाए ।
जैविक तटबन्ध निर्माणको लागि टेन्डर प्रक्रियाबाट धनुषाको अखिलेश्वर निर्माण सेवाले ठेक्का पाएको आसमान नेपालको पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रमका कार्यक्रम प्रबन्धक अशोक कुमार यादवले बताए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ मन्सापुरका वडा अध्यक्ष हरि नारायण मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रम आसमान नेपालका सामाजिक परिचालक काशिन्द्र शर्माले सञ्चालन गरेका थिए ।
सो कार्यक्रममा स्थानीय तथा समुदायस्तरीय विपद ब्यवस्थापन समितिका सदस्यहरु समेतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ