News Category 2083/02/19
महोत्तरी र पर्सा बिजयी
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मंगलबार सम्पन्न खेलहरूमा महोत्तरी र पर्साले जित हासिल गरेको छ ।
राजबिराजस्थित पविमावि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा महोत्तरीले बारालाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै महोत्तरीले १ सय ५६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । महोत्तरीका लागि आरती महतोले शानदार ६४ रनको योगदान दिएकी थिइन् । यस्तै सिमा कुमारीले २० तथा गिना कुमारी महतोले ११ रन थपेकी थिइन् ।
बलिङतर्फ बाराका मन्जु खड्काले २ विकेट लिइन् भने प्रतिमा साह, निर्मला साह र प्रियंका यादवले समान १÷१ विकेट हात पारिन् ।
एक सय ५७ रनको लक्ष्य पछ्याएको बारा महोत्तरीको कसिलो बलिङ अगाडि टिक्न नसक्दा ठूलो अन्तरले पराजित हुन पुग्यो । उत्कृष्ट प्रदर्शन गरेकी आरती महतो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
यसैगरी मंगलबारै सम्पन्न दोस्रो खेलमा पर्साले रौतहटलाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रौतहट १३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै मात्र ५३ रनमा समेटिएको थियो । रौतहटका लागि मोनिका साहले १३ तथा भूमि सिंहले १२ रन बनाएका थिए ।
पर्साको बलिङमा आरुषी यादवले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण ५ विकेट हात पारिन् । त्यस्तै सिन्धु यादवले २ विकेट तथा साना परविनले १ विकेट लिइन् ।
५४ रनको सामान्य लक्ष्य पछ्याएको पर्साका ओपनर साना परविन र सिवानी सिंहले अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । साना परविनले अविजित २१ रन तथा सिवानी सिंहले अविजित २३ रन बनाइन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आरुषी यादव खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ