News Category 2083/02/22
वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडाहरुमा विविध कार्यक्रमको शुक्रबार आयोजना गरेको छ ।
“समृद्ध भविष्यको आधार ः जलवायु एवम् प्रकृतिमैत्री विकासं” नाराका साथ गाउँपालिकाको संयोजनमा विभिन्न गैरसरकारी संस्थाहरुद्वारा संयुक्त रुपमा वृक्षारोपण लगायतको कार्यक्रमहरु गरिएको हो ।
गाउँपालिकामा कार्यरत विकास साझेदार संस्थाहरु सबल नेपाल, समावेशी अपाङ्ग संघ, आसमान नेपाल र ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल)द्वारा संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा वडा नं. ८ तोपास्थित जनता माध्यमिक विद्यालय वडा नं. ७ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको प्राङ्गणमा र वडा नं. ४ कोईलाडीको वडा कार्यालय अगाडि वृक्षारोपण गरिएको छ भने सो अवसरमा वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका विपद् सम्पर्क ब्यक्ति राजेश कुमार झा, प्रधानाध्यापकद्वय विपिन झा र ब्रह्मदेव यादवसहितकाले वृक्षारोपण गरे ।
कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरी, कार्यक्रम प्रबन्धक अशोक साह, कार्यक्रम संयोजक मनिष महर्जन, समावेशी अधिकृत ज्ञानेन्द्र कुमार झा, रोयम नेपालका जिल्ला संयोजक ओम प्रकाश चौधरी, आसमान नेपालकाका काशिन्द्र शर्मासहितको सहभागिता रहेको थियो ।
यसैगरी सबल नेपाल र समावेशी अपाङ्ग संघद्वारा सिबिएम ग्लोबलको सहयोगमा तिलाठी कोईलाडी गाउँपालिका र सप्तकोशी नगरपालिकामा सञ्चालित अपाङ्गता समावेशी विपद जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत विविध कार्यक्रमको आयोजना गरियो ।
राजेन्द्र देवकी माध्यमिक विद्यालय कोईलाडीमा विपद सम्बन्धी चित्रकला र हाजिरी जवाफ प्रतियोगिता, र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा चित्रकला प्रतियोगिताको आयोजना गरियो । दुवै विद्यालयका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
- यसैगरी सप्तकोशी नगरपालिकाको गोबद्र्धन बैरागी जनता माविमा राष्ट्रिय माविमा वृक्षारोपण तथा सरसफाई, शिव मन्दिर प्राङ्गणमा वृक्षारोपन, नन्द उमा माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय, भगनीमा वृक्षारोपन, चित्रकला र हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको समावेशी अपाङ्ग संघका समावेशी अधिकृत ज्ञानेन्द्र कुमार झाले जानकारी दिए ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका वडा नंं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्र र वडा नं. ८ का अध्यक्ष सत्यनारायण यादव, सप्तकोशी नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ