News Category 2083/02/22
आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
लालपुर्जाको माग गर्दै दुई साता भन्दा बढी समयदेखी राजविराज नगरवासी आन्दोलित छन् ।
लालपुर्जा पाउने आशमा झण्डै ७० वर्ष देखी संघर्षरत नगरवासीले कतै कुनै सुनुवाइ नभएपछि आन्दोलन चर्काउदै लगेका हुन । यसै क्रममा नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितीको अगुवाईमा राजविराज नगरपालिका कार्यालयमा धर्ना दिएको १९ दिन तथा तालाबन्दी गरेको शुक्रवार ५ दिन पुगेको छ । उनीहरुले आफुहरुको माग सम्बोधन न भए सम्म तालाबन्दी र धर्ना जारी राख्ने अडान लिएका छन ।
यसैबीच शुक्रवारै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरिएको छ । जस अनुसार जेठ २२ गते सिटी जुलुश, जेठ २३ गते लाठी जुलुश, जेठ २४ गते झाडु जुलुश, जेठ २५ गते मोटरसाईकल ¥याली, जेठ २६ गते अर्धनग्न जुलुश, जेठ २७ गते सबै कार्यालय बन्द, जेठ २८ गते मशाल जुलुश र जेठ २९ गते अनिश्चितकालिन राजविराज बन्द कार्यक्रम रहेका छन् ।
जारी आन्दोलनलाई समर्थन र एक्यबद्धता जनाउदै राजनीतिक दल, संघ, संस्था र जनप्रतिनीधीको संख्या पनि दिनहु बढ्र्दै गएको छ ।
सो आन्दोलनमा सप्तरी उधोग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, मुस्लिम समाज, हिन्दु सम्राट नेपाल, यातायात संघ, राजविराज जेसिज तथा दर्जनौ भन्दा बढी जातिय संघ संस्थाले प्रेस विज्ञप्ती नै जारी गरेर आन्दोलन प्रति एक्यबद्धता जनाइ सकेका छन ।
यस्तै जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिंह यादव, जसपा नेपालका सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य शैलेन्द्र मोहन झा, राष्ट्रिय मुक्ती पार्टीका जिल्ला संयोजक दिपेन्द्र चौधरी लगायतले पनि प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति सर्मथन र एक्यबद्धता जनाई सकेका छन ।
यसै क्रममा शुक्रवार धर्नास्थल मै पुगेर मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सतिस कुमार सिह, पुर्व अर्थ मन्त्री महेश प्रसाद यादव, पुर्व प्रतिनीधीसभा सदस्य रन्जु ठाकुरले पनि समर्थन र एक्यबद्धता जनाएका छन । उनीहरु केही समय धर्नामा वसेका थिए । उनीहरुले नगरवासीको जायज माग पुरा गराउन विगतमा पनि पहल गरेको र भावी दिनमा समेत ठोस पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
राजविराज स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेनरोड तथा सडकको दायाँ बाया करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा विहीन छन ।
पुस्तौदेखी जग्गा उपभोग गर्दै आए पनि कसैको नाममा लालपुर्जा अहिले सम्म बन्न सकेको छैन । यद्धपी नापी कार्यालयले ती मध्येका १७ जनालाई विभिन्न मितिमा आर्थिक लाभ लिएर लालपुर्जा प्रदान गरिसकेको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको भनाई छ ।
नापी कार्यालय राजविराजको २०२८ सालको नापी अनुसार फिल्डबुकमा पनि उक्त जग्गाहरु गाउँ÷ब्लकमा रहेको स्पष्ट उल्लेख छ । उक्त जग्गामा वसोवास गर्दै आएकाहरुको नागरिक्तामा समेत वसोवास गर्दै आएको उक्त जग्गा भएको ठाउँको ठेगानामा उल्लेख छ । यस्तै विजुली, खानेपानी, नगरपालिकालाई महसुल र कर तिरेको रसिद पनि छ । तर सबै प्रमाण हुदा पनि लालपुर्जा पाउन नसकेको नगरवासीको गुनासो छ ।
आन्दोलन चर्किदै गएपछि यस अघि राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते सम्पन्न ९ औै नगरसभाले ब्यक्तीको स्वामित्वमा रहेको उक्त जग्गाको लालपुर्जा प्रदान गर्न नापी कार्यालयललाई सिफारिस समेत गरिसकेको छ । तर उक्त निर्णय र सिफारिस अझै कार्यान्वयन न भएकाले थप दबाव सिर्जना गर्न नयाँ ढंगले आन्दोलन अघि बढाइएको नगरवासीको भनाई छ ।
यता नगरवासीको उक्त समस्या तीन वटै तहका सरकारका लागी हुने निर्वाचनका वेला हरेक राजनीतिक दलको चुनावी एजेण्डा समेत बन्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ