News Category 2083/02/23
महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
महिलाको प्रजनन् स्वास्थ्य र अधिकार, यसका सिद्धान्त तथा अन्तराष्ट्रिय व्यवस्थाहरुबारे सरोकारबालाहरुसंग छलफल गरिएको छ ।
राजविराजमा शनिबार महिला कानुन विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको “सामुदायिक पहुँच, यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम” मा सरोकारबालाहरुसंग उक्त विषयमा छलफल गरिएको हो ।
महिला कानुन विकास मञ्चका सप्तरी प्रतिनिधि अधिवक्ता सुमन कुमार मिश्रले महिलाको प्रजनन् स्वास्थ्य र अधिकार, यसका सिद्धान्त तथा अन्तराष्ट्रिय व्यवस्थाहरुबारे सरोकारबालाहरुलाई जानकारी दिए ।
उनले सुरक्षित गर्भपतन सेवा वा मातृ स्वास्थ्य सेवा पाउनबाट बञ्चित गरिएको, प्रसुती, हिंसा तथा प्रजनन् स्वास्थ्य सेवामा लापरवाही वा विभेद भएको महिलाहरुका लागि निशुल्क कानुनी सहायता उपलब्ध रहेको बताए ।
स्वास्थ्य संस्था वा सेवा प्रदायकबाट गोपनियता वा सहमती उल्लंघन भएको, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हनन् सम्बन्धी अन्य कुनै पनि मामिलाहरु भए निशुल्क कानुनी सहायताका लागि त्यस्ता पीडितहरुलाई महिला कानुन विकास मञ्चको सम्पर्कमा पठाउन सरोकारबालाहरुसंग आग्रह समेत गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी महिला सेलका प्रतिनिधि, कानुन व्यवसायी, गजेन्द्रनाराण सिंह अस्पताल राजविराज ओसिएमसिका प्रतिनिधि र सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ