News Category 2083/02/23

आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन,  लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष 

दैनिक समाचारदाता

आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन,  लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष 

दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।

     दुई साता भन्दा बढी समयदेखी लालपुर्जा माग्दै आन्दोलनरत राजविराज नगरवासीलाई संघीय सरकारका दुई मन्त्रीले माग सम्बोधन गर्ने भनी आश्वस्त पार्ने प्रयास गरेका छन् ।
    संघीय सरकारका पुर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्दोलित नगरवासीलाई आश्वस्त पार्ने प्रयास गरेका हुन् । 
    पुर्वाधार विकास मन्त्री सुनिल लम्साल राजविराज नगरपालिका कार्यालय प्राङ्गणमा चलिरहेको नगरवासीको धर्ना कार्यक्रम स्थलमै शनिवार पुगेर तथा श्रम रोजगार मन्त्री यादवले फोन सम्बाद मार्फत आन्दोलनकारीको जायज माग सम्बोधन हुने भनी आश्वस्त पार्ने प्रयास गरे ।
    धर्ना स्थलमा आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दास तथा अन्य आन्दोलनकारी संग कुरा गर्दै मन्त्री लम्सालले जायज माग सम्बोधन गर्न सरकार गम्भिर रहेको बताए । उनले आन्दोलित नगरवासीलाई पाँच सदस्यीय टोली बनाएर सोमबार काठमाडांैं आउन आग्रह समेत गरे । 
    यसअघि मन्त्री लम्साल आउनु आधा घण्टा अघि अर्का मन्त्री रामजी यादवले पनि फोन सम्बाद मार्फत नगरवासीको उचित माग छिट्टै सम्बोधन हुने भन्दै आन्दोलनकारीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।
    उनले उक्त समस्या समाधानका लागि केन्द्र स्तरमै एउटा समिति गठन भईसकेको र सो समितिले एक सय दिनु भित्रै यसको टुङ्गो लगाउने भन्दै तत्काल नगरपालिका कार्यालयमा गरिएको तालाबन्दी खोल्न र आन्दोलनरत पक्षबाट एउटा टोली बनाई एक दुई दिनमै काठमाडौं आउन आग्रह गरेका थिए ।
    आफुहरुले लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने जवाफ दिएको जनआन्दोलन परिचालन समितिका संयोजक दासले बताए । 
    प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर, बब्लु गुप्ता राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख परवीनको समेत उपस्थितिमा भएको वार्ता भने सकारात्मक रहेको संयोजक दासको कथन छ ।
    यसैबीच पुर्व घोषित आन्दोलन कार्यक्रम अनुसार आन्दोलन जनपरिचालन समितिको अगुवाईमा शनिवार नै लाठी जुलुस प्रदर्शन गरिएको छ ।
    आन्दोलनका अनुसार जेठ २२ गते सिटी जुलुश, जेठ २३ गते लाठी जुलुश, जेठ २४ गते झाडु जुलुश, जेठ २५ गते मोटरसाईकल ¥याली, जेठ २६ गते अर्धनग्न जुलुश, जेठ २७ गते सबै कार्यालय बन्द, जेठ २८ गते मशाल जुलुश र जेठ २९ गते अनिश्चितकालिन राजविराज बन्द कार्यक्रम रहेका छन् । 
    राजविराज स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेनरोड तथा सडकको दायाँ बाया करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा विहीन छन । 
    पुस्तौदेखी जग्गा उपभोग गर्दै आए पनि कसैको नाममा लालपुर्जा अहिले सम्म बन्न सकेको छैन । यद्धपी नापी कार्यालयले ती मध्येका १७ जनालाई विभिन्न मितिमा आर्थिक लाभ लिएर लालपुर्जा प्रदान गरिसकेको संयोजक दासको भनाई छ । 
    नापी कार्यालय राजविराजको २०२८ सालको नापी अनुसार फिल्डबुकमा पनि उक्त जग्गाहरु गाउँ÷ब्लकमा रहेको स्पष्ट उल्लेख छ । उक्त जग्गामा वसोवास गर्दै आएकाहरुको नागरिक्तामा समेत वसोवास गर्दै आएको उक्त जग्गा भएको ठाउँको ठेगानामा उल्लेख छ । यस्तै विजुली, खानेपानी, नगरपालिकालाई महसुल र कर तिरेको रसिद पनि छ । तर सबै प्रमाण हुदा पनि लालपुर्जा पाउन नसकेको नगरवासीको गुनासो छ । 
    आन्दोलन चर्किदै गएपछि यस अघि राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते सम्पन्न ९ औै नगरसभाले ब्यक्तीको स्वामित्वमा रहेको उक्त जग्गाको लालपुर्जा प्रदान गर्न नापी कार्यालयललाई सिफारिस समेत गरिसकेको छ । तर उक्त निर्णय र सिफारिस अझै कार्यान्वयन न भएकाले थप दबाव सिर्जना गर्न नयाँ ढंगले आन्दोलन अघि बढाइएको नगरवासीको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट