News Category 2083/01/03
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
नेपाली सेनाको भूपु सैनिक सम्मेलन बिहीबार सम्पन्न भएको छ । सेनाले हरेक तीन÷तीन वर्षमा उक्त सम्मेलन गर्दै आईरहेको छ ।
सप्तरी र सिरहा जिल्लालाई लक्षित गरी श्री नं. २७ वाहिनी अड्डा अन्तरगत सिरहाको चोहर्वा स्थित श्री नन्दाबक्स गण हेड क्वाटरलाई उपकेन्द्रको रुपमा खडा गरी भूपु सैनिक सम्मेलन संचालन गरेको राजविराजस्थित सेनाको बरख गणले जनाएको छ ।
सैनिकहरु बाहालमा रहदा लामो समयसम्म सेवामा रही अवकाश प्राप्ति पश्चात पुनः नेपाली सेनामा भूपु सम्मेलन मार्फत जोडिन सप्तरी जिल्लाबाट ३ सय ५२ जना भूपु सैनिकहरुको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनमा नेपाली सेनामा आफ्नो चार जना सन्ततिलाई नेपाली सैनिक सेवामा सहभागी गराउने जितनी देवी ठाकुरलाई समेत नेपाली सेनाले सम्मान गरिएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए ।
सप्तरी जिल्ला अन्तरगत रहेका भूपु सैनिकहरु मध्ये ४ जनालाई ह्वील चियर, १ जनालाई बैसाखी, १ जनालाई ब्लाईड स्टिक प्रदान तथा एक जना भूपु सैनिक आश्रित परिवारलाई लघुवित्त ऋण सुविधाबाट १५ लाखको चेक हस्तान्तरण गरिएको बरख गणका गणपति चन्दले जनाए ।
सो अवसरमा सप्तरीको बरख गण तथा सिरहाको नन्दाबक्स गणको उल्लेखनिय भुमिका रहेको छ । भूपु सैनिक सम्मेलनको मुख्य केन्द्र महोत्तरीको वर्दिवासस्थित मध्य पूर्वी पृतना हेड क्वाटर रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ