एक दिने सफाईले जलाशय सफा हुँदैन्, नियमित सफाईप्रति ध्यान पुगोस् 2075/07/25  छठ पर्वको अवसरमा अहिले विभिन्न जलाशयहरुको सरसफाई धमाधम भइरहेको छ । जलाशयहरुमा वर्षभरीको जम्मा भएको फोहरहरु निकालेर सफा गर्न अहिले सबै लागिपरेका छन् । छठ पर्व जलाशयहरुमै हुने गरेकोले सरसफाई गरिँदै छ । कम्तिमा छठ पर्वको नाममा जलाशयको सफाई त भइरहेको छ । यता कुनै पनि पर्वको नाममा मात्र जलाशयको सफाई हुनु कतै न कतै बेइमानी जस्तो देखिन्छ । सरसफाई दैनिकी गर्ने कुरा हो । हामी जसरी दैनिक रुपमा शरीरदेखी घर, आङन, टोल, सडक सफाई गर्छौ त्यस्तै नै जलाशयहरुलाई सफाई गर्न सकियो भने अहिले जति महिनेत गर्दैछौं त्यती महिनेत पक्कै गर्नुपर्दैैनथ्यो होला । .... विस्तृत