News Category 2083/01/30

घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ

दैनिक समाचारदाता

घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 

    आफ्नै घरमा लागुऔषध ब्राउनसुगर बिक्रि बितरण गर्दै गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 
    सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगर बस्ने ३० वर्षिया मनरेखा यादवले आफ्नै घरमा लागु औषध ब्राउनसुगर बिक्रि बितरण गरिरहेको बिशेष सुचनको आधारमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । 
    इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट प्रहरी निरिक्षक लेख बहादुर बिष्टको कमाण्डमा खटेको प्रहरीले घर खानतलासि गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ । 
    प्रहरीका अनुसार २.४९ ग्राम ब्राउनसुगर जस्तो पदार्थ र १४० ग्राम गाजा समेत फेला पारेकोले उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा  राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस