News Category 2083/01/27
खरानीमा गहना खोज्दै अग्निपीडित
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ६ बभनगामा टोलमा आगलागी भएको भोलि पल्ट आईतबार बिहानैदेखि अग्निपीडितले आफ्ना सम्पती मध्ये केही जोगियो कि भन्ने आशमा खरानीमा खोजि रहेका छन् ।
सम्पतीका नाममा भएका केही सुन, चाँदीका गरगहना तथा नगद समेत जलेपछि अग्निपीडितहरु खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् ।
अघिल्लो दिन शानिबार साझ ७ बजे तिर भएको आगलागीमा परी सो वडाका जुगाई यादव, जोगिीन्द्र यादव, गीरिजा यादव, पिंकी कुमारी यादव, राजेन्द्र यादव, धिरेन्द्र यादव, राजकुमार यादव, रामअवतार यादव लगायत १० परिवारका २० घर जलेर पूर्ण रुपमा खरानी भएको छ ।
स्थानीय बासीन्दाहरुका अनुसार टोलका अधिकांश पुरुष छिमेकी टोलमा एक बैवाहिक कार्यक्रममा गएका बेला अचान आगलागी सुरु भएको थियो ।
विद्युत सर्ट भई जुगाई यादवको गाई गोठबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर १० परिवारलाई बेघर बनाएको हो ।
स्थानीयबासिका साथै हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुण यन्त्र तथा प्रहरीको सहयोगमा ३ घण्टाको प्रयास पछि आगोमाथि नियन्त्रण कायम गरिएको थियो ।
अग्निपीडितहरुले घरका साथै लताकपडा, भाडाकुडा, खाद्यन्न तथा सुन चाँँदीका गरगहना र नगद समेत गरी ५० लाख बराबरको सम्पत्ती जलेर खरानी भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डम्बर बहादुर पुरीले आगलागिबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएका छन् ।
यसैबीच सप्तरी उद्योग वाणिज्य संघले अग्निपीडितहरूलाई आइतबार प्रति परिवार चामल २५ केजी, भुजा ३ केजी, दाल २ केजी, खाने तेल २ लिटर, नुन २ केजी, पानी १ कार्टुन, त्रिपाल १ थान र आलु १० केजीका दरले बितरण गरेको छ ।
यस्तै राससका अनुसार सप्तरीको रूपनी गाउँपालिका १ रूपनी बस्ने ३० वर्षीय रामलखन यादवको घरमा आइतबार बिहान आगलागी हुँदा करिब १ लाख ८४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ