News Category 2083/01/15
शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
प्रतिनीधीसभा सदस्य अमरकान्त चौधरीले शिक्षकहरुको जिल्लान्तर सरुवा नभएसम्म गुणस्तरीय शिक्षा प्रदान तथा शिक्षा क्षेत्रमा सुधार सम्भव नहुने बताएका छन ।
मंगलवार आप्mनो गृहपालिका डाक्नेश्वरी नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले यसबारे सदनमा कुरा उठाउने र छिट्टै यस्तो व्यवस्था लागु हुने विश्वास समेत ब्यक्त गरेका छन । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागी आफुले विशेष खाका तयार पारेको भन्दै उनले आफ्नो खाकालाई वर्तमान सरकारले एक महिना भित्रै कार्यान्वयनमा ल्याउने विश्वास समेत ब्यक्त गरेका छन ।
केही दिन यता आफ्नो क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थाहरुमा छड्के अनुगमण थालेका उनले कतिपय विद्यालय र स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरु विहान ९ बजे नआउने तथा ढिलो आएकाले पनि ५ बजे सम्म वस्ने नगरेको पाइएको त कतै आवश्यक पुर्वाधारको निकै कमि देखिएको भन्दै त्यस्ता लापरवाही गर्ने कर्मचारीको नामावली संकलन गरी कारवाहीका लागी सम्बन्धित निकायमा पठाइने भन्दै सचेत समेत गराए ।
उनले नगरपालिकाका प्रमुख रामलखन मलाहलाई एनजिओ र आइएनजीओहरुमा टुक्रे बजेट तथा भत्ताका नाममा अनावश्यक खर्च नगरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखी बजेट विनीयोजन गर्न सुझाव समेत दिए ।
कार्यक्रममा शुभकामना दिदै नगरप्रमख मलाहले गाउँ नै गाउँले भरिएको यस पालिकामा आवश्यक बजेटको अभावमा कृषि विद्युतीकरण कार्यलाई पुर्णता दिन नसकिएको तथा सबै वडामा बर्थिङ्ग सेन्टर निर्माण कार्य पनि गर्न नसकिएको भन्दै आवश्यक सहयोगका लागी संघिय सरकार समक्ष पहल गरिदिन प्रतिनीधीसभा सदस्य डा.चौधरी संग आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विजय मण्डल तथा पालिकाका विभिन्न शाखाका प्रमुखहरुले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ