News Category 2083/01/14
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
मैथिली साहित्य परिषद् सप्तरीका ६ जना पूर्वअध्यक्षहरुले अबिलम्ब परिषदको १८ औं साधारण सभा बोलाउन आग्रह गरेका छन् ।
परिषद्का पुर्वअध्यक्षहरु प्रा. अमरकान्त झा, बिष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, प्रा. अशोक कुमार झा र सतीशकुमार दत्तद्वारा सोमबार जारि संयुक्त विज्ञप्ति मार्फत उक्त आग्रह गरिएको हो ।
जारि विज्ञप्ति मार्फत वर्तमान कार्यकारिणी समितिको निर्धारित समय भन्दा दश महिना बढी समय बितिसक्दा पनि साधारण सभा गर्न नसकेको भन्दै परिषदका अध्यक्ष अवधेश कुमार झा र वर्तमान कार्यकारिणीसँग सो आग्रह गरिएको हो ।
“मैथिली भाषा, साहित्य तथा मैथिल कला, संस्कृतिको उन्नयन, संरक्षण र संवद्र्धनको क्षेत्रमा विगत ५६ बर्षदेखि क्रियाशील रहेको मैथिली साहित्य परिषद सप्तरी राजविराजको १७ औं साधारण सभा पछि २०८० असार २ गते निर्वाचनद्वारा गठन भएको र २०८० असार २० मा पदभार ग्रहण गरी परिषदको वर्तमान कार्यकारिणी संस्थाको विधानको धारा ६ (घ.) अनुसार निर्धारित २ (दूई) बर्षको पदावधि समाप्त भएको १० महिना भन्दा बढी भएता पनि अहिले सम्म साधारण सभाको घोषणा नहँुदा र यस दूई वर्षको कार्यकालमा परिषदद्वारा गरिने नियमित कामहरु जस्तै विद्यापति स्मृति पर्व, अन्तर्राष्ट्रीय मातृभाषा दिवस, साहित्यिक गोष्ठी, जानकी नओमी आदि मनाउने, शिवदत्त मिश्र स्मृति पुरस्कार सहितको अन्य पुरस्कार समेत बितरण गर्न वर्तमान कार्यसमिति असमर्थ रहको तथा परिषदको ऐना रहेको “मिथिला साप्ताहिक” पत्रिकाको प्रकाशन बन्द गरेको कारणले परिषदको राष्ट्रीय–अन्तर्राष्ट्रीय स्तरमा स्थापित रहेको प्रतिष्ठा उपर ठेस पुगेको महसूस गर्दै हामी सबै परिषदका पूर्व अध्यक्षहरु क्षोभ व्यक्त गर्दछौं र अबिलम्ब परिषदको १८औं साधारण सभा बोलाउन यसै विज्ञप्तीको माध्यमले परिषदका अध्यक्ष श्री अवधेश कुमार झा र वर्तमान कार्यकारिणीसँग हार्दिक आग्रह गर्दछौं ।” विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ