News Category 2083/01/14
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
आइतबार वर्षासँगै परेको चट्याङबाट सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको भवन र उपकरणमा क्षति पुगेको छ ।
कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित रहेको कार्यालयमा आईतबार दिउँसो परेको वर्षा र हावाहुरीसँगै परेको चट्याङका कारण भवनसहित उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
चट्याङले भवनको छत चर्किनुका साथै पानी चुहिने समस्या देखिएको प्रहरीले जनाएको छ । चट्याङका कारण कार्यालयमा जडान गरिएका सञ्चार तथा विद्युतीय उपकरणहरूमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
क्षतिग्रस्त उपकरणहरुमा एक थान मोटोरोला बेस सेट, पाँच थान कम्प्युटर, १२ थान सीसी क्यामेरा (हिरासतभित्र ४ र बाहिर ८), एक थान इन्भर्टर, छ थान सिलिङ पंखा, इन्टरनेट, एक थान एसी तथा एक थान टेलिभिजन रहेका छन् । घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ