News Category 2083/01/17
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढाका स्थानीयहरुले गाउँ÷ब्लक जग्गाको लालपुर्जा लिने क्रममा आफुहरुले एक पैसा पनि रिसवत दिनु नपरेको स्पष्ट पारेका छन् ।
विहीवार गाउँ मै पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीयहरुले उक्त विषयबारे स्पष्ट पारेका हुन् ।
गत शनिवार गाउँमा आयोजित जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रममा १ नम्बर नापी टोलीका अमिन श्रीप्रसाद यादव तथा केही बिचौलियालाई पैसा दिएर लालपूर्जा पाउनु परेको भनी उठेको विषयपछी गाउँलेहरुले विहीवार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त विषयप्रति प्रष्ट पारेका हुन् ।
“नापी टोली १ नम्बरका अमिन श्रीप्रसाद यादवसहित अन्य कर्मचारीले पैसा लिएको आरोप लगाएपनि उनीहरुलाई घुस वापत एक पैसा पनि नलिएको र मैले पनि एक पैसा समेत दिएको छुइन्, स्थानीयवासी रामनारायण मेहताले भने– “निर्धारित समय भन्दा लालपुर्जा वितरण कार्यक्रम २÷३ घण्टा ढिलो भएपछी आक्रोसमा आफुले उक्त कुरा बोले ।”
यस्तै सोही वडाकी सरिता कुमारी साह र सावित्री मेहताले पनि रामनारायणकै भनाईमा सहमति जनाइन् । सरिताले गाउँ कै केही विचौलियाले उचालेर नापी शाखाका कर्मचारीलाई बदनाम गर्न पैसा खुवाएको भनी हल्ला गर्न लगाएको आरोप लगाइन ।
लालपुर्जा प्राप्त गर्ने अर्की महिला सावित्री देवी मेहताले आफुले कसैलाई १ रुपैया पनि घुस नदिई सहजै लालपुर्जा प्राप्त गरेको स्पष्ट पारिन् । उनले विचौलियाहरुले कुनै पुरानो रिसइबी साध्न नापी कार्यालयका अमिन श्रीप्रसाद यादव तथा अन्य कर्मचारीलाई बदनाम गर्ने षडयन्त्र रचेको दाबी पनि गरिन ।
पत्रकार सम्मेलनमा गत शनिवार लालपुर्जा प्राप्त गर्नेहरु मध्येका बद्री मण्डल, दिनेश कुमार पण्डित, विजुली पण्डित, बहादुर महतो, कारी मियाँ, हजारी प्रसाद गुप्ता लगायतले पनि घुस वापत कुनै पनि कर्मचारीलाई रकम नदिएको स्पष्ट पारेका छन् । आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि सहज ढंगले लालपुर्जा प्राप्त भएको उनीहरुको भनाई थियो ।
उनीहरुले निर्दोष ब्यक्तीलाई जोगाउन यसरी सत्यतथ्य सार्वजनिक गरेको स्पष्ट पार्दै केही विचौलियाले दबाव र प्रभावमा पारी केही ब्यक्ती प्रयोग गरेर घुसको झुठो कुरा कुरा फिजाएको दाबी गरेका छ ।
यस अघि अमिन श्रीप्रसाद यादवले पनि गत शनिवार नै एक प्रेस विज्ञप्ती मार्फत केही विचौलियाले स्वार्थ पूर्ती नभएपछि नियोजित ढंगले आपुृm विरुद्ध षडयन्त्र रचिरहेको भन्दै न्यायको अपिल गरेका थिए । उक्त प्रकरणबारे आवश्यक छानवीन भईरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ