News Category 2083/01/29
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
आगलागिबाट सर्वस्व गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामा टोलका अग्निपीडितलाई सप्तरी उद्योग बाणिज्य संघ र पालिकाले राहत सहयोग गरेको छ ।
सप्तरी उद्योग बाणिज्य संघका पदाधिकारीहरु घटनास्थलमै पुगेर आगलागिबाट पीडित भएका १० परिवारलाई खाद्यान्न, भाडाकुडा र त्रिपाल लगायतका राहत सामाग्रि प्रदान गरेको हो ।
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालका अनुसार महासचिव अमृत संचेतीको नेतृत्वमा राहत सामाग्रिसहित पठाइएको टोलीले अग्निपीडित परिवारलाई चामल, भुजा, दाल, खानेतेल, नुन, पानी, त्रिपाल, तरकारी, जग, बाल्टिन लगायतका सामाग्रि बितरण गरेको छ ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अगुवाईमा पुगेको टोलीले पनि अग्निपीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, झुल लगायतका राहत सामाग्रि बितरण गरेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
शनिबार राती विद्युत सर्टभई भएको आगलागिमा उक्त टोलका १० परिवारका २० घर जलेर खरानी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ