News Category 2076/04/14
बाढी आएपछि राहत बारे होइन् की नियन्त्रण गर्ने बारे सोचौं
प्रकृतिको नियम हो पानी पर्ने, गर्मी हुने, हावाहुरी आउने, जाडो हुने । प्रकृतिको नियमलाई कसैले फेरबदल गर्न सक्दैन् । तर, प्रकृतीको नियमलाई फेरबदल गर्न नसकेपनि त्यसलाई न्यूनिकरण तथा सक्दो नियन्त्रण गर्न अहिलेको आधुनिक युगमा विभिन्न उपायहरु प्रर्याप्त छन् । प्रकृतीको नियमलाई फेर्न नसकिएपनि प्राकृतिक विपद्बाट उत्पन्न अवस्थालाई न्युनिकरण र नियन्त्रण गर्न सकिन्छ । हरेक वर्ष सप्तरीमा बाढीबाट ठूलो क्षति हुने गरेको छ । जिल्लाका विभिन्न नदी तथा खोलामा आउने बाढीको पानी घर घरमा पस्नाले आर्थिक तथा भौतिक क्षति हुने गरेको छ । बाढी आएपछि सम्बन्धीत निकाय तात्ने र राहतका लागि विभिन्न दातृ निकायको मुख ताक्ने बानी वर्षौदेखी चलिआएको छ ।
यसरी विपद् आएपछि मात्र सम्बन्धीत निकाय तात्ने बानीले पीडितहरुलाई झनै पीडित बनाउने गर्दछ । कीन भने पानी परेपछि बाढी आउने सबैलाई थाहा हुँदा हुँदै पनि त्यसको नियन्त्रण तथा क्षति हुन नदिन ध्यान पुग्दैन् । मात्र विपद् आइसकेपछि राहत कहाँबाट कसरी आउने बारे छलफल गरिन्छ । यस्तो परिस्थितिमा कुनै निकाय गम्भिर भएको समेत देखिदैन् ।
अविरल वर्षा भएपछि खोलानालाको सतह भन्दा माथीबाट पानीको बहाव हुन थाल्छ अनि पानी मानवबस्तीमा पस्ने गर्दछ । बाढी आउने कारण के हो ? यो नबुझिकन बाढी आएपछि राहत बितरण कसरी गर्नेप्रति बढी नै ध्यान केन्द्रित हुने गरेको पाइएको छ । तसर्थ बाढी नियन्त्रण तथा खोला नालाको अवस्था बारे विपद् पूर्व नै तयारी गर्नु आवश्यक रहेको छ । विभिन्न नदी, खोला नालामा वर्षाको पानी बग्ने अवस्था बारे अध्ययन गरि आवश्यक तयारी तथा तटबन्ध कमजोर भएको स्थानमा समेत मर्मत गरेर पनि त्यस्ता प्रकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनिकरण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान पुग्नु अति आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ