News Category 2082/06/25

सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव

दैनिक समाचारदाता

सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव

दैनिक समचारदाता
राजविराज, २५ असोज । 

   जनज्योति कृषि सहकारी संस्थाले शनिबार आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 
   साधारण सभाका प्रमुख अतिथि रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादवले सहकारी संस्थाको माध्यमबाट विभिन्न वर्गका जनताहरु लाभान्वित भइरहेका बताएका छन् ।
   वर्तमान समयमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै उनले सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेको उल्लेख गरे । संस्थाले प्रवाह गर्ने गरेको विभिन्न आर्थिक कारोबारबाट व्यक्तिहरुले रोजगारीको अवसर समेत पाइरहेको उनको भनाई थियो । 
   संस्थाका शेयर सदस्य समेत रहेको निवर्तमान अध्यक्ष यादवले संस्थाले ऋण प्रवाह गरेपछी त्यसको सदुपयोग गरि आयमूलक रोजगारीमा लगानी गर्ने गरेकाले त्यसबाट अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत सृजना हुने गरेको बताए । 
   अहिले मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले यस्तो अवस्थामा पनि सहकारीहरुले दैनिक रुपमा ग्राहकहरुलाई दिइरहेको सेवा सहनिय रहेको बताए । 
   संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सभामा वक्ताहरुले संस्थाको निरन्तरताले नै विश्वासनियता बढेको भन्दै आगामी दिनमा संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए । 
   यसअघि संस्थाका अध्यक्ष मण्डलले आ.ब. २०८१÷८२ को वित्तिय अवस्था बारे जानकारी गराएका थिए । जसअनुसार ८ सय ९१ पुरुष र ७ सय ६८ महिला गरि १ हजार ६ सय ५९ शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गर्दै २ करोड ५८ लाख ७३ हजार हजार शेयर पुँजी रहेको जानकारी दिए । 
   त्यस्तै संस्थाको कुल सम्पत्ति १९ करोड ४५ लाख ४० हजार ५० रुँपैया, जगेडा कोष ८५ लाख ८३ हजार ९ सय १, अनय संचालन कोष ९६ लाख ९ हजार २ सय २२, ऋण लगानी १३ करोड २३ लाख १२ हजार ७ सय १९ तथा संस्थाको कुल बचत ९ करोड १२ लाख ८४ हजार १ सय १० रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ । 
    यसैगरि चालु आ.ब. २०८२÷८३ मा संस्थाले शेयर पुँजी २ करोड २५ लाख ८७ हजार ३ सय, शेयर सदस्य २ हजार ८ सय २३ जना, जगेडा कोष ९७ लाख ४३ हजार ३४ रुँपैया, कुल सम्पत्ति २३ करोड ११ लाख ७ हजार ९ सय ७९ तथा ऋण लगानी १९ करोड ६९ लाख ९४ हजार ३ सय २८ पु¥याउने लक्ष्य रहेको अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । 
   संस्थाले कृषि तथा पशुपालन, व्यापार व्यवसाय लगायत १२ वटा क्षेत्रमा क्रमिक बचत (दैनिक), साधारण बचत, व्यक्तिगत बचत, जनज्योती सुपर बचत, बाल बचत लगायत १८ प्रकारका बचतहरु संचालन गर्दै आइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट