News Category 2083/02/06
भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
दैनिक समचारदाता
राजविराज, ६ जेठ ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सम्पन्न भवनको बुधबार एक समारोहबीच भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मीनाले विद्यालयको नयाँ भवन निर्माणले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न मद्दत पुग्ने बताउँदै नेपाल–भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धि तथा सुरक्षाको आधारमा अगाडी बढ्नु पर्ने धारणा समेत राखे ।
सुरुङ्गा नगरपालिकाका मेयर गिता चौधरीले विद्यालय पुर्ननिर्माणमा भारत सरकारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै विकासको हरेक क्षेत्रमा दुबै देश मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै वक्ताहरूले उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे । यस्ता परियोजनामार्फत विद्यालय, अस्पताल, सडक, पुल, सिंचाइ, नदी नियन्त्रण तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा सहयोग भइरहेको जनाइएको छ ।
वक्ताहरूले नेपाल र भारतबीचको बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले महत्वपूर्ण योगदान पु¥याइरहेको बताए ।
१९५१ सालमा स्थापना भई जिर्ण अवस्थामा रहेको जनता माध्यमिक विद्यालयको भारत सरकारको सहयोगमा पुर्ननिर्माण गरिएको हो । नर्सरीदेखी स्नातकसम्म पढाई हुने उक्त विद्यालयमा कुल ६ सय २७ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ३ सय ५८ जना छात्रा छन् । परियोजना अन्तर्गत विद्यालयको तीन तले भवन निर्माण गरिएको छ । भवनमा अतिरिक्त कक्षाकोठा, पुस्तकालय, बैठक कक्ष, शौचालय, कम्पाउण्ड वाल लगायत आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
भारत–नेपाल विकास सहयोग अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना मार्फत निर्माण गरिएको उक्त भवनको कुल लागत २ करोड ८४ लाख ३२ हजार ३ सय १ रुपैयाँ रहेको छ । जसमध्ये २ करोड २७ लाख ४५ हजार ८ सय ४१ रुपैयाँ भारत सरकारको अनुदान रहेको छ भने ५६ लाख ८६ हजार ४ सय ६० रुपैयाँ स्थानीय सरकारले व्यहोरेको बताइएको छ ।
उद्घाटन कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ