News Category 2083/02/03
पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ स्थित जनचेतना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५ दशक पार गरेको अवसरमा सोमवार जेठ ४ गते देखि विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ ।
जिल्लाको पुरानो मध्येका एक उक्त विद्यालय परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सव मूल समारोह समितिले यस्तो जानकारी गराएको हो । स्वर्ण महोत्सव जेठ ४ गते देखि जेठ ९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष दिलपि कुमार चौधरीका अनुसार महोत्सवको पहिलो दिन विद्यालय परिसरमा उद्घाटन समारोह तथा विज्ञानकला प्रदर्शनी गरिनेछ ।
दोश्रो दिन मंगलवार जेठ ५ गते पालिका भित्रका ८ विद्यालय बीच छात्र र छत्राहरुको भलिबल खेल प्रतियोगिता, र वकतृत्व कला प्रतियोगिताको आयोजना गरिनेछ । जेठ ६ गते बुधवार हाजिरी जवाफ प्रतियोगिता तथा भलिबल खेलको फाईनल प्रतिस्पर्धा हुनेछ ।
यस्तै जेठ ७ गते बिहीवार गीत संगित र नृत्य प्रतियोगिता, जेठ ८ गते रक्तदान तथा अन्तिम दिन जेठ ९ गते स्वर्ण महोत्सव स्मरिका प्रकाशन, ५ हजार भन्दा बढी सहयोग गर्ने दाताहरुको नाम लेखिएको शिलालेख अनावरण तथा समापन कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।
स्वर्ण महोत्सव आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले करिब १४ देखि १५ लाख रुपैयाँ सम्म खर्च हुने महोत्सवका लागि अग्नीसाइर कृष्णासवरण गाउँपालिका कार्यालयका साथै स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थीहरुले चन्दा सहयोग गरेको बताए ।
उनका अनुसार स्वर्ण महोत्सव स्तम्भ निर्माणका साथै अन्य आवश्यक सबै तयारी पुरा भएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन उनकै अध्यक्षतामा १५ सदस्यीय मूल समारोह समिति बनाइएको छ ।
समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयन कुमारी सिंह, प्रधानाध्यापक श्याम कुमार चौधरी, पूर्व प्रअ धर्म नारायण ठाकुर, रामदेव चौधरी, बासुदेव चौधरी, महेश प्रसाद विश्वकर्मा, अम्बिका कोईराला, दुर्गा प्रसाद चौधरी, रामेश्वर साह, चतुरनारायण चौधरी, रंजना कुमारी चौधरी र वडा अध्यक्ष सबजुल खलिफा लगायतका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ