News Category 2083/02/06

कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना

दैनिक समाचारदाता

कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना

दैनिक समचारदाता
राजविराज, ६ जेठ । 

    राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादवलाई कुटपिट गरेको बिरोधमा आन्दोलित कर्मचारीहरु बुधबार पालिका परिसरमा धर्ना बसेका छन् । 
    मंगलबार बिहान राजविराज वडा नं. ८ स्थित निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेको बेला सवइन्जिनियर यादवलाई कुटिपिटका साथै उनको साथमा रहेको ल्यापटप समेत तोडफोड भएको घटनाको बिरोध गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । 
    सवइन्जिनियर यादवलाई कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दै कार्यालय समय बिहान ९ बजेदेखी ५ बजेसम्म कर्मचारीहरु धर्ना बसेका छन् । कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् ।
    मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए । 
    यसअघि मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा नगरपालिकाले उजुरी समेत दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट