News Category 2083/02/07

सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य

दैनिक समाचारदाता

सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य गरेको जनाएको छ । 
    सो विभाग अन्तरगत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक सडक डिभिजन लहानले बिहीबार सूचना प्रकाशन गरि उक्त ठेक्काहरु अन्त्य गरेको जनाएको हो । 
    राजविराज–हनुमाननगर–भारदह रोड, रुपनी–राजविराज–छिन्नमस्ता रोड र राजविराज–छिन्नमस्ता रोडको पुर्ननिर्माणका लागि ठेक्का पाएको साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीको ठेक्का प्रक्रिया अन्त्य भएको उल्लेख छ ।  
    जारि सूचनामा ठेक्कहरूको निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगतिमा सुधार नभएको तथा पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा निर्माण कार्यको प्रगतिमा सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य प्रगति नभएको साथै कार्य सम्पन्न गर्नेतर्फ अग्रसर भएको नदेखिएको कारण ठेक्का अन्त्य गरिएको उल्लेख छ । 
    उक्त सम्बन्धमा ठोस कारण तथा प्रमाण सहितको लिखित जवाफ पेश गर्नु हुन भनी विभिन्न मितिहरूमा कार्यालयबाट पत्राचार भएको र राष्ट्रिय स्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी माग गरिएकोमा नि.व्य. बाट सन्तोषजनक प्रतिक्रिया पेश नगरेको उल्लेख छ । 
    “निर्माण कार्य गर्नेतर्फ हालसम्म कुनै पहल नगरेको कारण ठेक्का सम्झौतामा उल्लेखित प्रावधान तथा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन समेत) को दफा ५९ (२) को खण्ड (क). दफा ५९(७) दफा ५९ (८) अनुसार यस डिभिजन कार्यालयको मिति २०८३÷०२÷०७ को निर्णयानुसार ठेक्का अन्त्य गरी सोही ऐनको दफा ६३(१) को प्रयोजनार्थ सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।” सूचनामा उल्लेख छ । 
    “सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार एयकत टर्मिनेशन इभ्यालुशेन भई स्थापित हुने रकम सरकारी बाँकी सरह असुल उपर हुने कानुनी व्यवस्था भएकोले यो सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्र निर्माण व्यवसायीहरुलाई यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत अनुरोध गरिन्छ ।” सूचनामा जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट