News Category 2082/06/27
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
जेनजी सप्तरी समुहका युवाहरुले सप्तरीको बोदेबरसाइनमा महोत्सवको नाममा अश्लिल प्रदर्शन र समाजमा विकृती फैलाउने काम भईरहेको आरोप लगाएको छ ।
राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नगरपालिकाको वडा नं. ५ स्थित बरसाइनमा महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउनुको साथै स्थानिय स्तरमा व्यापार व्यवसायीलाई समेत चौपट् बनाएको काम भएको आरोप लगाए ।
असोज १२ गतेदेखि २७ गते सम्म दुर्गापुजाको अवसरमा मेला लगाउन जिल्ला प्रशासन कार्यालयबाट लिएको अनुमति विपरित मनपर्दी प्रवेश शुल्क लिएर समाजमा विकृती फैलाउने गुनासो आएपछि प्रशासनबाट असोज २४ मा नै बन्द गर्न प्रशासनले पत्राचार गरेपनि मेला सञ्चालन गरिरहेको प्रतिस्थानीय जेनजी पुस्ताका युवाहरुले त्यस प्रति आपत्ति जनाएको हो ।
पत्रकार सम्मेलनमा सप्तरी उद्योग बाणिज्य संघका सदस्य समेत रहेका सुरेन्द्र प्रसाद साहले महोत्सवको नाममा अश्लील गीत, नृत्य र प्रदर्शन भइरहेको र यसबाट स्थानिय व्यापार व्यवसाय समेत धारासायी बन्दै गएकोले बन्द गर्न माग गरे ।
“कुनै पनि महोत्वस हुँदा स्थानिय उत्पादन, व्यवसाय र संस्कृती झल्किने कार्यक्रमहरु गर्नुपर्नैमा देश बाहिरबाट कलाकार ल्याएर मेलाको नाममा विकृती फैलाउने र मनपर्दी शुल्क लिने काम भएको छ” उनले भने । महोत्सव बन्द नगरिए हामी चरणबद्ध आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा ओम प्रकाश यादवले महोत्सवले स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धर्म र परम्परालाई झल्काउने भन्दा निरुत्साहित गरेको बताए ।
त्यस्तै बोदे बरसाईन वडा नं. १ का युवा पुष्पेन्द्र साहले जिल्ला प्रशासन कार्यालयले असोज २४ गतेदेखि मेला बन्द गर्न निर्देशन जारी गरेपनि नगरपालिकाबाट २७ गतेदेखि कार्तिक ८ गतेसम्मको अनुमति लिएर बोदे बरसाइन महोत्सवको नाममा यस्तो गतिबिधि गरेको प्रति आपत्ति जनाएका छन् ।
मेला बन्द गर्ने निर्णयपछि पनि आयोजकहरूले महोत्सवलाई निरन्तरता दिई दुर्गा पूजाको नाम परिवर्तन गरी “श्री बोदेबरसाइन महोत्सव” महोत्सवको नाममा पैसा उसुली गर्दै आएको र केही व्यक्तिले आफ्नो स्वार्थका लागि प्रशासनबाट अनुमति लिन प्रयास गरिरहेको बताए । पत्रकार सम्मेलनमा राजकिशोर यादव, राजु यादव, बैधनाथ यादवलगायत का जेनजी पुस्ताका प्रतिनिधि तथा स्थानीय युवाहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ