News Category 2082/06/24
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
राजविराज बस पार्क अब छिट्टै संचालनमा आउने भएको छ । सहरी विकास मन्त्रालयको लगानीमा सुविधा सम्पन्न बस पार्क निर्माण कार्य समपन्न भएपछी एक समारोहबीच गत जेठ १५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरेकी थिइन् ।
चार पटक शिलान्यास तथा निर्माण कार्य सकिएपछी १ सय २२ दिन अघि उद्घाटन गरिएर पनि संचालनमा आउन सकेको छैन् । तर बस पार्कसम्म पुग्ने बाटोहरु जीर्ण भएको भन्दै यातायात व्यवसायीहरु त्यहाबाट सवारी साधन चलाउन मानेका थिएनन् । जसकारण सार्वजनिक सवारीसाधन बजार क्षेत्रको सडक किनारमै पार्किङ र संचालन हुँदा ट्राफिक झमेला बढेको थियो ।
बजार क्षेत्रको मुख्य सडकबाटै सवारी साधन संचालन हुँदा दुर्घटनाको जोखिम समेत बढाएको भन्दै जेन्जी समूहका यूवाहरुले बस पार्क संचालनका लागि नगरपालिका र स्थानीय प्रशासनमाथी दवाब बढाउँदै लगेपछी शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरिक्षक गौतमकुमार केसी, कार्यवाहक नगर प्रमुख इसरत परविन, यातायात व्यवसायी र जेन्जी यूवा समूहका प्रतिनिधिहरुको संयुक्त बैठकले छिट्टै बसपार्क संचालनमा ल्याउने निर्णय सर्वसम्मत गरेको हो ।
यसका लागि बस पार्क संचालन कार्यविधी समेत तयार गरिसकेको कार्यवाहक नगर प्रमुख परविनले जानकारी दिइन् । उनले बस पार्कसम्म पुग्ने सडकहरु ठेकेदारको लापरवाहीले गर्दा समयमै स्तरोन्नती कार्य सम्पन्न हुन नसकेको भन्दै कारवाही प्रक्रिया अघि बढाउन आफूहरुको अधिकार क्षेत्रमा नपर्ने जिकिर गरिन् ।
उनले राज्यको साथ र सहयोग नपाउँदा ठेकेदारले मनपरी गर्न पाएको भन्दै आफूहरुको समस्या र लाचारी बुझिदिन समेत जेन्जी समूहका यूवाहरुलाई अनुरोध गरिन् ।
जेन्जीका अगुवा मध्येका एक मोहनकुमार यादवले जेन्जी समूहले उठाएका माग जायज रहेको भन्दै आन्दोलनबाट हुने क्षति रोक्न पनि सबै मिलेर अविलम्ब बसपार्क संचालनमा ल्याउनु पर्नेमा जोड दिए ।
बैठकले जेन्जी समूह लगायत यातायात व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला सबै निकायका प्रतिनिधिसहितको बैठक शनिबार (असोज २५ गते) बसपार्क स्थलमै बस्ने र सोही बैठकबाट रुट निर्धारण र सवारी साधान संचालनको मिति तोकिने सहमति गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ