News Category 2082/06/28
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
नेपाल पत्रकार महासंघ सप्तरीले पधकार महासंघका केन्द्रीय परिषद् सदस्य एवं राजधानी दैनिक तथा प्राइम टेलिभिजनका सप्तरी सम्वाददाता मनोजकुमार माझी उपर समाचार संकलनको क्रममा सोमबार भएको हातपात एवं दुव्र्यबहारको घट्नाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा मंगलबार जारि विज्ञप्तिमा उक्त ध्यानाकर्षण भएको जनाउँदै जिल्लाको शम्भुनाथ नगरपालिका ११ स्थित एक जग्गामा अदालतको आदेश कार्यान्वयन गराउन प्रहरी समेतको उपस्थितिमा एक व्यक्तिको जग्गामा घेराबेराको काम भइरहेको विषयमा रिपोर्टिङ्ग गर्न पुगेका पत्रकार माझी उपर स्थानीय केहि व्यक्तिले गरेको हातपात र दुव्र्यबहार निन्दनीय रहेको भन्दै घटनाको घोर भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा पत्रकार माझी उपर हातपात गर्ने व्यक्तिको पहिचान समेत भइसकेको र जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिइसकेको अवस्थामा यथाशिघ्र दोषीलाई पक्राउ गरी कानुन अनुसारको कार्वाही गर्न जोडदार माग समेत गरिएको छ ।
दिनरात नभनी जनतालाई सुसुचित गराउन अहोरात्र खट्ने पत्रकार रिपोर्टिङ्गकै क्रममा हातपात र दुव्र्यबहारको शिकार हुनुले अराजकता मौलाएको पुष्टि भएको ठहर गर्दै विज्ञप्तिमा आगामी दिनमा यस किसिमको व्यबहार नगर्न तथा जिल्लामा पत्रकारिता गर्ने सुरक्षित वातावरणको सृजना गर्न पनि सबैसँग आग्रह गरिएको छ ।
यस्तै सोही विज्ञप्तिमा कंचनरुप नगरपालिकामा तलव नपाएका शिक्षक र जनप्रतिनिधीबीच भइरहेको वार्ताको रिपोर्टिङ्गमा खटिएका स्थानीय अवलोकित दैनिकका सम्वाददाता अनिश शेख उपर नगर प्रमुख ललनप्रसाद गुप्ताले गालीगलौज गर्दै दुर्यव्हार गरेको घटनाप्रति पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा शेखलाई उदृत गर्दै नगरप्रमुख गुप्ताले नगर प्रहरी मार्फत मोवाइलमा खिचेको फोटो र भिडियो समेत डिलिट गराएको जनाउँदै यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथीको ठाडो उल्लंघन भएको ठहर गरिएको छ । अन्तमा विज्ञप्तिमा भनिएको छ, “हामी यसको कडा रुपमा निन्दा गर्दै आगामी दिनमा यस किसिमको गतिविधि नगर्न तथा प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्न सचेत गराउँदछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ